मस्को । रुसको बेल्गोरोड क्षेत्रमा हवाई प्रतिरक्षा प्रणालीले ड्रोनलाई खसालेको उक्त क्षेत्रका गभर्नरले मंगलबार बताएका छन् ।
गभर्नर व्याचेस्लाभ ग्लाडकोभले टेलिग्राम पोस्टमा त्यस क्षेत्रमा कुनै ठूलो दुर्घटना भने नभएको उल्लेख गरे । उनले बेल्गोरोड क्षेत्रको ग्रेभोरोन जिल्ला र बोरिसोभ जिल्लामा ड्रोन आक्रमण भएको र थुप्रै निजी आवासीय भवनहरूलाई क्षति पुर्याएको बताएका छन् ।
युक्रेनको खार्कोभ क्षेत्रको छेउमा अवस्थित बेल्गोरोड क्षेत्र हालै युद्धको केन्द्र बनेको छ। एक युक्रेनी सशस्त्र बल 'सबोटेज र टोही समूह' सोमबार बेलगोरोड क्षेत्रमा प्रवेश गरेको रूसी पक्षले जनाएको छ।
तर, कीभले यस क्षेत्रमा अपरेसनको पछाडि दुई रूसी अर्धसैनिक समूहको हात रहेको बताएको छ । बेल्गोरोड क्षेत्र सोमबारदेखि आतंकंवाद विरोधी अभियानको अधीनमा छ । रासस/सिन्ह्वा
