काठमाडौं । वैशाख २९ गते रिलिज भएको नेपाली कथानक चलचित्र ‘हल्कारा’ले आयोजना गरेको चिठी लेखन प्रतियोगिताको उत्कृष्ट तीन वितेजा घोषणा भएका छन् । प्रतियोगितामा भाग लिएकामध्ये मापदण्डमा परेका मध्येबाट तीनजना विजेता छानिएका सिनेमाको निर्माण पक्षले जनाएको छ ।
प्रथम पुरस्कार अन्नपूर्ण गाउँपालिका–१, कास्कीका विक्रम परियार, द्वितीय पुरस्कार नयाँबानेश्वर, काठमाडौंकी बबिता थापा र तृतीय पुरस्कार थाहा नगरपालिका–६, मकवानपुरका बासुदेव अर्यालले प्राप्त गरेका छन् । क्रमशः प्रथमले ५० हजार, दोस्रोले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
चलचित्रको निर्माण पक्षले विजेताहरूलाई सम्पर्क गरी पुरस्कार रकम प्रदान गर्ने बताएको छ । यो प्रतियोगितामा आफ्नो जीवनबाट टाढा भइसकेका, आफूले चाहेका, चाहेर पनि नपाएका अथवा आफूले सँधै सम्झिरहने व्यक्तिलाई पत्र लेख्न भनिएको थियो । पत्र पठाउँदा गोश्वारा हुलाक कार्यालयमा पठाउनु पर्ने क्राइटएरिया निर्धारण गरिएको हो ।