site stats
बाह्रखरी :: Baahrakhari
कला
एउटै कार्यक्रममा ६ विजेता घोषित 

काठमाडौं । १२औं ‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेज इन्टरनेशनल २०२३’मा एकसाथ ६ विजेता घोषित भएका छन् । जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार अबेर साँझ सम्पन्न प्रतियोगितामा ‘मिनि गर्ल’, ‘मिन ब्वाई’, ‘लिटिल गर्ल’, ‘लिटिल ब्वाई’, ‘टिन गर्ल’ र ‘टिन ब्वाई’ गरेर एकसाथ ६ विजेता घोषित भएका हुन् ।

प्रतियोगितामा ‘मिनि गर्ल’तर्फ एलभिरा महर्जन विजेता चुँनिदा प्रनवीश्री सिंह फष्ट रनरअप, मेलिसा मल्ल सेकेन्ड रनरअप, क्रिभा बज्राचार्य थर्ड रनर अप भए । ‘मिनि ब्वाई’तर्फ ओजस राज श्रेष्ठले शीर्ष उपाधि चुम्दा यही प्रतियोगितामा क्रमशः विभत्सु उपाध्याय, सक्षम थापा, जोसेफ पराजुली फष्ट रनरअप, सेकेन्ड रनरअप र थर्ड रनरअप भए ।

Himalayan Bank
Dabur nepal
Agni Group

‘लिटिल गर्ल’तर्फको उपाधि भने दर्शना संग्रौलाले हात पारिन् । यही प्रतियोगितातर्फ आनिया शाक्य फष्ट रनरअप, संमृद्धी केसी सेकेन्ड रनरअप, मानष्भी तुलाधर थर्ड रनर अप भए । ‘लिटिल ब्वाई’तर्फ सम्यक श्रेष्ठ विजेता घोषित हुँदा आदित्य अधिकारी, विभूषण केसी, नयन बानियाँ क्रमशः फस्ट रनरअप, सेकेन्ड रनरअप र थर्ड रनरअप बने ।

विभिन्न तामझामसहित आयोजित कार्यक्रममा ‘टिन गर्ल’ श्रीज्ञा महर्जनले उपाधि प्राप्त गरिन् । यही प्रतियोगितामा युरेका रिजाल फस्ट रनरअप, जोरुफा फुयाल सेकेन्ड रनरअप भए । ‘टिन ब्वाई’तर्फको उपाधि भने स्वरुप केसी हात पारे । यही प्रतियोगितामा प्रत्युस ढकाल र आरोज्ञ गिरी क्रमशः फष्ट रनरअप, सेकेन्ड रनरअप भको आयोजकले जारी गरेको प्रेस नोटमा उल्लेख छ । 

Global bank

प्रतियोगितामा विद्यालय अध्ययनरत सात वर्षदेखि १५ वर्षसम्मका बालबालिका सहभागी थिए । 

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १६:१७
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय