site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सांसद भट्टराईले दिए चेतावनी– जनयुद्ध माने कांग्रेसको ‘इन्ड अफ द हिस्ट्री’ हुनसक्छ 
फाइल तस्बिर ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद योगेश भट्टराईले जनयुद्ध शब्दलाई मान्यता दिए नेपाली कांग्रेसको इतिहास नामेट हुन सक्ने चेतावनी दिएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा उनले नीति तथा कार्यक्रममा समावेश गरिएको जनयुद्ध शब्द कांग्रेसले स्वीकार गरेको हो ? भन्दै प्रश्न गरे । उनले विद्वान फ्रान्सेस फुकुमायाको पुस्तकको चर्चा गर्दै साँच्चै कांग्रेसले जनयुद्ध दिवस मानेको भए ‘इन्ड अफ हिस्ट्री’ हुने चेतावनी दिए ।

“जनयुद्ध भन्ने शब्द यहाँ उचारण भएको छ । यो विषयमा संविधानसभामा पर्याप्त बहस भएको हो । ७२ को संविधानपश्चात् सरकारी दस्तावेजमा उल्लेख भएको थिएन । पहिलोपटक प्रम प्रचण्डले यो शब्द राष्ट्रपतिको मुखबाट वाचन गराउनुभएको छ,” उनले भने, “बीपी, गणेशमान, किसुनजी, गिरिजाप्रसादको पार्टी यति निम्छरो नेपाली कांग्रेसको हालत देखिएको छ । यदि, यो एक नम्बर बुँदा कांग्रेसले स्वीकार गर्छ भने कांग्रेसको इन्ड अफ द हिस्ट्री हो । यो शब्द र स्प्रीटलाई उहाँहरूले स्वीकार गर्नुहुन्छ भने इन्ड हुन्छ ।”

उनले गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसको सहमतिबिना नीति तथा कार्यक्रममा यो शब्द पर्न नसक्ने जिकिर गरे । यसबारे कांग्रेस सभापति शेरबहादुर देउवाले जवाफ दिनुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १२:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro