site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
तामाकोसी–५ बनाउन सञ्चय कोषले १३ अर्ब ७४ करोड ऋण दिने
Sarbottam CementSarbottam Cement

काठमाडौ । तामाकोसी–५ जलविद्युत् निर्माण गर्न कर्मचारी सञ्चय कोषले १३ अर्ब ७४ करोड रुपैयाँ ऋण दिने भएको छ । 

नेपाल विद्युत् प्राधिकरण, तामाकोशी जलविद्युत् कम्पनी र कर्मचारी सञ्चय कोषबीच ऋण लगानी सम्झौतामा आइतबार हस्ताक्षर भएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनासँग जोडिएर तामाकोसी–५ बन्ने छ । जसको विद्युत् उत्पादन क्षमता ९९.८ मेगावाट रहने छ । 

ऋण सम्झौतापत्र कार्यक्रममा ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले स्वदेशी लगानीबाट जलविद्युत् आयोजनाको निर्माणले अर्थतन्त्रको विकासको लागि सहयोग हुने बताए । 

Global Ime bank

विद्युत् प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले विद्युत् आयोजना निर्माण भएपछि बजारको अभाव नरहेको जानकारी दिए । 

“भारत र बंगलादेश हाम्रो विद्युत् किन्नका लागि तयार छन्,” घिसिङले भने,“विगतमा जस्तो वर्षायाममा कम मूल्यम अब भारतमा विजुली बेच्न पर्ने छैन ।”

कर्मचारी सञ्चय कोषका प्रमुख प्रशासक जितेन्द्र धितालले सञ्चय कोषले ऊर्जामा ७२ अर्बभन्दा बढी लगानी गरेको जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  २१:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय