site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ट्विटरजस्तै एप ल्याउँदै इन्स्टाग्राम, ५०० अक्षर लेख्न सकिने यस्ता छन् फिचर
Tiktok banner adTiktok banner ad

काठमाडौं । आउँदो अगस्टसम्ममा फेसबुक एवं इन्स्टाग्रामको अभिभावक कम्पनी मेटाले ट्विटरजस्तै एप ल्याउने बताइएको छ ।

कम्पनीले सेलिब्रेटीहरूलाई सुरुमा उक्त प्लेटफर्ममा भित्र्याउने उद्देश्यले अधिकांशलाई मेल गर्दै यसबारे जानकारी गराएको छ ।

यो एप आशिंकरूपमा इस्न्टाग्रामसँग जोडिने बताइएको छ । इन्स्टाग्रामबाटै त्यसमा लगइन गर्न सकिने, फलोअरहरूलाई त्यहाँ फलो गर्न इन्भाइट गर्न सकिने जस्ता फिचर एपमा रहनेछन् ।

मेटाको टेक्स्टमा आधारित यो प्लेटफर्म डिसेन्ट्रलाइज र खुला, विकेन्द्रीकृत सामाजिक सञ्जाल प्रोटोकल एटीभीटी पबमा आधारित हुने बताइएको छ ।

मेटाले एथलीट, अभिनेता, निर्माता, हास्य कलाकार लगायतका क्रिएटरहरूलाई सुरुमा प्लेटफर्ममा भित्र्याउन चाहेको छ ।

ट्विटरजस्तै मास्टोडन, ब्लूस्की र अन्य एप बनाउने दौड चलिरहेका बेला मेटाले पनि यस्तै प्लेटफर्म बनाउन थालेको हो ।

यो एपमा ५०० अक्षरसम्मको पोस्ट लेख्न सकिने, लिंक र भिडियो अपलोड गर्न सक्ने जस्ता फिचर रहनेछन् । एपमा कुनै पनि पोस्टलाई लाइक, रिप्लाई र रिपोस्ट पनि गर्नसकिने बताइएको छ ।

यो एप कस्तो रहनेछ र कति प्रयोगकर्ताले रुचाउँछन् भन्ने कुरा सार्वजनिक भएपछि नै थाहा हुनेछ । तर, मेटाले फेसबुक र ट्विटरमा रहेका अर्बौं प्रयोगकर्तामध्ये धेरैलाई उक्त प्लेटफर्ममा धकेल्न सहज हुने ठानिएको छ ।

यो प्लेटफर्मको नाम पी ९२ अथवा बार्सिलोना हुने अनुमान गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  १४:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro