काठमाडौं । दाँत तथा मुख सफा राख्न विभिन्न तरिका अपनाउन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार बिहान खाना खाइसकेपछि र बेलुका सुत्नुअघि नियमित रूपमा मुख सफा गरेमा करिब ९० प्रतिशत मुखका रोगहरूबाट बच्न सकिन्छ ।
दाँत तथा मुख सफा गर्ने तरिका पढ्नोस्–
१. बिहान र बेलुका खाना खाएपछि फ्लोराइडयुक्त दन्त मन्जन प्रयोग गरी दाँत माझ्ने
२. अन्य समयमा खानेकुरा खानासाथ मुख कुल्ला गर्ने
३. दुई दाँतबीचको सतह ‘डेन्टल फ्लस’को प्रयोग गरी सफा गर्ने
४. बालबालिका दुई वर्ष नपुग्दासम्म सफा कपास–पानीले र दुई वर्षको उमेरदेखि नरम ब्रसले दाँत सफा गरिदिने
५. टाँसिने, प्रशोधित, गुलियो, धेरै तातो वा चिसो, अमिलो खाद्यपदार्थ नखाने
६. धूमपान, मदिरा, सुर्तीजन्यपदार्थ, पान, सुपारी सेवन नगर्ने
७. रेसादार, ताजा फलफूल, हरियो सागपात, दूध, माछाजस्ता सन्तुलित खानाको प्रयोग गर्ने
८. हरेक ६ महिनामा दन्त परीक्षण गराउने