site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शीर्ष स्थानमा चर्च ब्वाइजलाई चार अंकको अग्रता

काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लबविरुद्ध १-० को जित निकाल्दै चर्च ब्वाइज युनाइटेडले सहिद स्मारक 'ए' डिभिजन लिगमा शीर्ष स्थानको अग्रतालाई अझ फराकिलो पारेको छ ।

शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा चर्चलाई जित दिलाउन मिलन राईले पहिलो गरेको गोल निर्णायक बन्यो । मिलनले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै चर्चलाई अग्रतामा राखेका थिए ।

जितसंगै १९ खेलबाट ३६ अंक जोडेको चर्चले दोस्रो स्थानको जावलाखेलसँग चार अंकको दूरी बनाएको छ । जावलाखेलले समान खेलबाट ३२ अंक जोडेको छ । लिगमा चर्चको यो दशौँ जित हो ।

यता, तालिकाको १२औं स्थानमा रहेको पुलिसले १९ खेलबाट २२ अंक जोडेको छ । पुलिस रेलिगेसन क्षेत्रको फ्रेन्ड्स क्लबभन्दा एक अंकले मात्र पछि छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  २१:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro