site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
युभेन्टसलाई स्तब्ध बनाउँदै सेभिया युरोपा लिगको फाइनलमा 

काठमाडौं । इरिक लामेलाले थप ३० मिनेट समयको पाँचौँ मिनेटमा गरेको गोलमा युरोपा लिगको अनुभवी टिम सेभियाले बिहीबार राति युभेन्टसविरुद्ध २–१ तथा समग्रमा ३–२ को नतिजा निकाल्दै फाइनलमा स्थान बनाएको छ ।

गएको हप्ता सम्पन्न पहिलो लेगमा सेभियाले इटाली भ्रमणमा १–१ को बराबरी खेलेको थियो । गए राति सेभियाको घरेलु मैदानमा पाहुना टोली युभेन्टसले ६५औँ मिनेटमा डुसान भ्लाहोभिकको गोलबाट अग्रता लिएको थियो । ७१औँ मिनेटमा सेभियाका सुसोले बराबरी गोल फर्काएपछि खेल थप समयतर्फ धकेलिएको थियो ।

Dabur Nepal
NIC Asia

३० मिनेट थप समयको पाँचौँ मिनेटमा लामेलाले हेडमार्फत गरेको गोल सेभियाको जितमा निर्णायक बन्यो । ११५औँ मिनेटमा मार्कोस अकुनाले दोस्रो पहेँलो कार्डको सामना गरेपछि सेभिया १० खेलाडीमा सीमित भएको थियो । तर, युभेन्टसले त्यसको फाइदा उठाउन सकेन ।

qef1684467229.jpg

सेभियाले अब उपाधिका लागि जोजे माउरिन्होको एएस रोमाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । रोमाले गए राति जर्मन बुन्डेसलिगाको क्लब बायर लेभरकुसेनविरुद्ध गोलरहित बराबरी खेले पनि समग्रमा १–० को नतिजा निकाल्दै फाइनलमा स्थान पक्का गरेको हो ।

सेभिया अहिले लिगको दशौँ स्थानमा छ । सेभियाले जारी सिजन दुई प्रशिक्षकलाई बर्खास्त गरिसकेको छ । च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको सेभियाले यसअघि नकआउट चरणमा पीएसभी आइन्डहोभन, फेनरबाच र म्यानचेस्टर युनाइटेडलाई हराएको थियो ।

“यो पागलपन हो । यति बेला अविश्वसनीय र यो अद्भुत क्षणको आनन्द लिने समय हो,’’ सेभिल्लाका कप्तान जेसस नाभासले भने, “हाम्रा समर्थक अविश्वसनीय छन् । उनीहरू यो सबै कुराको हकदार छन् । हामीले केही कठिन महिनाहरू पार गरेपछि पुनरागमनका लागि हामीभित्र रहेको साहस देखाएका छौँ । समर्थकको साहसले हामीलाई बोकेको छ । हामी फेरि अर्को युरोपा लिगको फाइनलमा पुगेका छौँ । म सानैदेखि यस टिममा छु । हरेक खेल धेरै जोसका साथ खेलिरहेको छु । अहिले रमाइलो गर्ने क्षण हो ।’’

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  ०९:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro