site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नक्कली भुटानी शरणार्थी प्रकरणबारे ओलीले आज संसद्मा नबोल्ने 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज संसद् बैठकमा भुटानी शरणार्थी प्रकरणबारे नबोल्ने भएका छन् । गएको वैशाख २८ गते उनले सो प्रकरणबारे जेठ ४ गते (आज) प्रतिनिधिसभा बैठकमा प्रमाणसहित बोल्ने उद्घोष गरेका थिए ।

पार्टीका तत्कालीन सचिव टोपबहादुर रायमाझी नक्कली शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भई फरार रहेका बेला उनले यस्तो बताएका थिए । पार्टी केन्द्रीय कमिटी बैठकका क्रममा उनले सो प्रकरणबारे संसद्मा आफूले खुलस्त गर्ने बताएका थिए ।

Dabur Nepal
NIC Asia

“कुन शरणार्थीका नाममा कहाँ कतिलाई पठाइयो र को संलग्न छ भन्ने तथ्यसहित संसद्मा जानकारी गराउने कोसिस गर्नेछु,” ओलीले भनेका थिए ।

आज प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सांसदको प्रश्नोत्तर हुँदै छ । सोही कारण आज ओलीले बोल्ने कार्यक्रम नरहेको एमाले सचेतक महेश बर्तौैलाले बताए ।

“आज प्रधानमन्त्रीको प्रश्नोत्तर छ । प्रधानमन्त्रीका प्रश्नोत्तर रहेका बेला प्रतिपक्षीका नेताले बोल्ने कुरा भएन । तत्काल बोल्ने तय नहोला,” बर्तौलाले बाह्रखरीसित भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  ११:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro