site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति पौडेलले नै प्रस्तुत गर्ने 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नै यही जेठ ५ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् ।

स्वास्थ्य समस्याका कारण भारतमा उपचार गराएर फर्किएपछि आराम गरिरहेका राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्न सक्ने/नसक्नेमा यसअघि संशय थियो । सोही कारण राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गर्न सुरु गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सकाउने तयारी गरिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

जेठ ५ गते संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ ।

“सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले नै प्रस्तुत गर्नुहुनेछ,” राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बाह्रखरीसँग भने, “उहाँको स्वास्थ्यमा सुधार आएपछि राजकीय जिम्मेवारीका काम सुरु गरिसक्नुभएको छ ।”

Global Ime bank

पूर्ण स्वास्थ्यलाभ नभइसकेकाले सामान्य भेटघाटसहितका गतिविधि भने उनले सुरु नगरेको पोखरेलले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १४:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement