site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भ्रष्टाचारको आरोप लागेकालाई अमेरिकामा बहिस्कार गरिने

न्यूयोर्क । नेपालमा भ्रष्टाचारको आरोप लागेका व्यक्तिहरुलाई अमेरिकामा सार्वजनिक रुपमा बहिस्कार गरिने भएको छ । 

प्रवासी नेपाली एकता मञ्च नेपालले न्यूयोर्कमा पत्रकार सम्मेलन गरि यस्तो अभियानको घोषणा गरेको हो । मञ्चले नेपालमा पछिल्लो समय बाहिरिएको नक्कली भुटानी शरणार्थी काण्डले उच्च तहको संगठित अपराधको पर्दाफास भएको भन्दै अव नागरिक तहबाट पनि यस्ता भ्रष्टाचारीहरुलाई बहिस्कार गरिनुपर्ने बताएको हो । 

नक्कली शरणार्थी भ्रष्टाचार काण्डले देशको साख गरिनेको भन्दै मञ्चले यसको निष्पक्ष छानविन गर्न माग गरेको छ । मञ्चका अध्यक्ष शंकर पन्तले जारी गरेको विज्ञप्तिमा भनिएको छ- "अहिले नेपालमा उदांगिएको  नक्कली भुटानि शरणार्थी  प्रकरणले  भ्रस्टाचार अर्थात आर्थिक अपराध कतिसम्म संस्थागत छ भन्ने कुरा मात्र होइन देशको  स्वाभिमान र शीर समेत निहुर्याएको छ । निश्चय पनि संस्थागत भ्रष्टचारलाई  अन्त्य गर्न धेरै चुनौतीहरुको सामना गर्नु पर्छ । तर पनि यो सरकार र खासमा गृहमन्त्रीले लिनु भएको शुरुवाती पहल प्रति हामी सम्मान ब्यक्त गर्दछौँ ।"  

मञ्चले भ्रष्टाचारको आरोप लागेका जो कसैलाई पनि स्वागत नगर्ने एवं त्यस्ता व्यक्ति सहभागि कार्यक्रम बहिकाष्कार गर्ने अभियानमा साथ दिन अमेरिकामा रहेका सम्पूर्ण संघसंस्थाहरुलाई आग्रह समेत गरेको छ । त्यस्तै यो अभियानमा ऐक्यवद्धता जनकाउने क्रम जारी रहेको भन्दै छिट्टै यसले मुर्त रुप लिने पनि मञ्चले विश्वास गरेको जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  ०९:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro