राजनीति
काठमाडौं । भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ दफावार छलफलको लागि समितिमा पठाइएको छ ।
सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको तर्फबाट खानेपानीमन्त्री महिन्द्रराय यादवले विधेयक दफावार छलफलका लागि समितिमा पठाइयोस् भनि प्रस्ताव प्रस्तुत गरेको थिए ।
उक्त प्रस्ताव सर्वसम्मतले स्वीकृत भयो । अब यो विधेयक राज्यव्यवस्था तथा सुशासन समितिमा छलफल हुनेछ ।
प्रकाशित मिति: सोमबार, जेठ १, २०८० १६:०१
प्रतिक्रिया दिनुहोस्