site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
डडेलधुराको उग्रतारा मन्दिरमा चोरी
Sarbottam CementSarbottam Cement

डडेलधुरा । सुदूरपश्चिमकै प्रसिद्ध ऐतिहासिक उग्रतारा मन्दिरमा चोरी भएको छ । अमरगढी नगरपालिका–८ मा रहेको मन्दिरमा चोरी भएको हो । 

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान १ः३० बजे चोरी भएको हो । कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार चाँदीको माला, चाँदीको मुकुटलगायतका सामान चोरी भएको जनाइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले चोरीको खबर प्राप्त भएपछि प्रहरी टोली पठाइएको बताए । डीएसपी भट्ट पनि उग्रतारा मन्दिर पुगेका थिए । उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर सार्कीले चाँदीका पूजाका सामान चोरी भएको बताए । मन्दिरमा सीसी क्यामेरा पनि जडान गरिएको छ । सीसी क्यामेरा पूर्णरुपमा सञ्चालनमा भने नरहेको प्रहरीले जनाएको छ । 

उग्रतारा भगवती मन्दिर प्यागोडा शैलीमा निर्मित छ । उग्रतारा मन्दिरको उत्पत्तिका सम्बन्धमा प्रमाणिक आधारमा कुनै शिलालेख भने अहिलेसम्म भेटिएको छैन । अमरगढी–८ मा पर्ने प्रसिद्ध यो मन्दिर सदरमुकामबाट करिब पाँच किलोमिटर टाढा डडेल्धुरा–बैतडी जोड्ने महाकाली राजमार्गको पश्चिमपट्टिको अग्लो विशाल तथा रमणीय फाँटमा अवस्थित छ । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  १२:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय