site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कृषि क्षेत्रका गतिविधि जानकारी लिँदै मन्त्री भुसाल
फाइल तस्बिर।

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा बेदुराम भुसालले प्रदेश सरकारका कृषि मन्त्री र सचिवसँग शुक्रबार छलफल गरेका छन् । 

कोसी, मधेस र कर्णालीका कृषिमन्त्री तथा लुम्बिनी, गण्डकी, वाग्मती र सुदुरपश्चिम प्रदेशका कृषि सचिवलाई शुक्रबार कृषि मन्त्रालयमै बोलाएर मन्त्री भुसालले आगामी बजेट तथा कृषि क्षेत्रमा भए गरेका गतिविधिबारे जानकारी लिए ।

Dabur Nepal
NIC Asia

सो क्रममा उनले अब नतिजामुखी भएर काम गर्नुको विकल्प नभएको भन्दै आवश्यक निर्देशनसमेत दिए ।

नेपालको कृषि क्षेत्रको विकासको लागि छुट्टै ऐन नबन्दा समस्या सिर्जना भएको भन्दै आफूले गर्न सक्ने क्षेत्रमा इमान्दारीपूर्वक काम गरेर जनताको मन जित्नु अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो ।

कृषिको आधुनिकीकरण तथा यान्त्रिकीकरणमा जोड दिन आग्रह गर्दै मन्त्री भुसालले भने, “कृषिको आधुनिकीकरण र यान्त्रीकीकरणमा हाम्रो ध्यान छैन । अनुदानको रकम दुरुपयोग भइरहेको सुनिन्छ । उत्पादनमुखी अनुदान छैन । वास्तविक किसानसँग अनुदान नपुगेको गुनासो सुनिन्छ । यत्ति कुरामा तपाईं सचेत रहन सक्नुभयो भने पनि धेरै सुधार हुन्छ । तपाईंहरू इमान्दार भएर काम गर्नुहोला ।”

मन्त्री भुसालले यसपटक किसानको लागि रासायनिक मल सहज हुने बताउँदै सोहीअनुसार आफूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताए ।

सो अवसरमा पोखरा उपमहानगरपालिकाका प्रमुख धनराज आचार्यसमेतको सहभागितामा भएको छलफलमा मन्त्री भुसालले प्रदेश र स्थानीय तहमा भए गरेका कामको जानकारी लिए । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  २२:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro