site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गण्डकी प्रदेश : मन्त्रिपरिषद् पूर्ण, बनेनन् राज्यमन्त्री

पोखरा । गण्डकी प्रदेशको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । राज्यमन्त्री बस्न सांसदहरुले अस्वीकार गरेपछि शुक्रबार प्रदेश सरकारले सात मन्त्रीसहित पूर्णता पाएको हो ।

शुक्रबार गण्डकी प्रदेश मन्त्रिपरिषद् विस्तार हुने र त्यसलाई पूर्णता दिने गरी मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तयारी गरिरहँदा मन्त्रीका आकांक्षी सांसदहरु भने काठमाडौंमा नै थिए । शीर्ष नेतृत्वलाई भेट्ने र आफू मन्त्री बन्ने अभिलाषा लिएर कांग्रेसका सांसदहरु सामूहिक तथा व्यक्तिगत रुपमा काठमाडौं धाइरहेका थिए ।

यसअघि, नेकपा (एमाले)का खगराज अधिकारी मुख्यमन्त्री हुँदा प्रदेशमा मन्त्रालयको संख्या १२ बाट घटाएर सातमा झारिदिएका थिए । मन्त्रालय तत्कालै बढाउँदा सरकारको आलोचना हुने बुझेर नै कांग्रेसबाट मुख्यमन्त्री बनेका पाण्डेले मन्त्रालयको संख्या नबढ्ने बताउँदै आएका थिए । 

Dabur Nepal
NIC Asia

तर, राज्यमन्त्री थप्ने विषयमा भने उनले प्रष्ट जवाफ दिएका थिएनन् । मन्त्री बन्न नपाएर असन्तुष्ट बनेका तथा मन्त्रालयको कम संख्याका कारण मन्त्रिपरिषद्मा अट्न नसक्ने सांसदलाई राज्यमन्त्री दिने तयारी पनि थियो ।

“मलाई बिहान राज्यमन्त्री बस्नुप¥यो भन्दै फोन आएको थियो । तर मैले हुँदैन भनिदिएँ,” मन्त्रीका आकांक्षी एक सांसदले भने ।

शुक्रबार चारजना नयाँ मन्त्रीले शपथ लिए भने यसअगावै शपथ लिइसकेका मन्त्रीको पनि जिम्मेवारी तोकिएको छ । शुक्रबार दिउँसो ४ बजे प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दिपेन्द्रबहादुर थापा र तनहुँका जीतप्रकाश आले मगरलाई तथा माओवादीबाट रेशमबहादुर जुग्जालीलाई मन्त्री नियुक्त गरेका हुन् ।

जसमा जिसीलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालय, थापालाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, आले मगरलाई आर्थिक मामिला मन्त्रालय र जुग्जालीलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यसअघि, वैशाख १५ मा शपथ लिएका दुई मन्त्री सुशिला सिंखडालाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र सरस्वती अर्याललाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

वैशाख ९ गते एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि कांग्रेस–माओवादीसहितको गठबन्धनबाट गत वैशाख १४ गते पाण्डे मुख्यमन्त्री नियुक्त भएका थिए । कांग्रेसमा मन्त्रीको आकांक्षी धेरै भएपछि मन्त्रालय भागबण्डामा सहमति जुट्न सकेको थिएन । अन्ततः दुई हप्तापछि मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  २१:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro