site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
इमरान खानले भने, ‘मलाईं थाहा छ, म फेरि गिरफ्तार हुनेछु’
Sarbottam CementSarbottam Cement

काठमाडौं । इस्लामाबाद उच्च अदालतले शुक्रबार अल–कादिर ट्रस्ट मुद्दामा पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई दुई हप्ताको लागि अन्तरिम जमानत दिएको छ ।

नेसनल एकाउन्टेबिलिटी ब्युरोले पाकिस्तान तहरिक–ए–इन्साफ पार्टीका अध्यक्ष इमरान खानलाई मङ्गलबार इस्लामाबाद उच्च अदालत परिसरबाट अल–कादिर ट्रस्ट मुद्दामा पक्राउ गरेको थियो ।

इमरान खानलाई दुई दिन हिरासतमा राखिएको थियो । त्यसपछि बिहीबार सर्वोच्च अदालतले उनको गिरफ्तारी गैरकानुनी घोषित गरेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

साथै, सर्वोच्च अदालतले उनलाई शुक्रबार इस्लामावाद उच्च अदालतमा हाजिर हुन आदेश दिएको थियो । प्रस्तुत छ, बीबीसी संवाददाता क्यारोलिन डेभिसले इस्लामाबाद उच्च अदालत पुगेपछि इमरान खानसँग गरेको कुराकानी :- 

तपाईं आज अदालतमा पुगेपछि के भयो ?

Global Ime bank

यहाँ सर्कस चलिरहेको छ । तर, मलाईं थाहा छ, म अझै पनि सबै मुद्दामा जमानत पाउनेछु । सर्वोच्चले भनेको छ, जसरी अवैध रूपमा मलाईं यहाँको परिसरबाट पक्राउ गरिएको थियो, त्यसरी नै यसपटक उच्च अदालत बाहिरबाट पनि अवैध रूपमा पक्राउ हुन्छु । मलाईं थाहा छ, म गिरफ्तार हुनेछु ।

र, त्यसपछि के हुनेछ, म यसलाई कसरी नियन्त्रण गर्न सक्छु ? इस्लामावाद आउनुअघि मैले भनेको थिए कि मेरोविरुद्ध कुनै वारेन्ट छ भने मलाईं देखाउनुहोस्, म आत्मसमर्पण गर्छु ।

तर, तिमीले लाहोरमा गरेको काम नगर । तिनीहरूले मेरो घरमा आक्रमण गरे । मेरो घरमा २४ घण्टा छापा मारेको थाहा छ ?

मैले भनेँ कि यो नगर्नुहोस् । किनभने, त्यहाँ ठूलो प्रतिक्रिया हुनेछ, जसलाई नियन्त्रण गर्न गाह्रो हुनेछ । किनभने भिडलाई कसैले नियन्त्रण गर्न सक्दैन ।

त्यसोभए उनीहरूले मलाईं समातेर जेलमा हाले भने, त्यसपछि के भयो म कसरी जिम्मेवार ? सर्वोच्च अदालत पुगेपछि मात्रै थाहा भयो ।

तपाईंको अगाडि गिरफ्तारी वारेन्टसहित जेल जानुपर्छ भनियो भने तपाईं आफ्नो खुसीले जेल जानुहुन्छ ?

यदि मैले केही गल्ती गरेको छु र मैले गरेको गल्तीको लागि उनीहरूले मलाईं पक्राउ वारेन्ट ल्याए भने म अवश्य जान्छु ।

म कानुनमा विश्वास गर्छु । मविरुद्ध १५० मुद्दा दर्ता भएका छन् । त्यहाँ धेरै आपराधिक मुद्दाहरू छन्, ४० आतंकवादसँग सम्बन्धित मुद्दाहरू, ईश्वरनिन्दा मुद्दाहरू, देशद्रोहका मुद्दाहरू छन् ।

क्यारोलिन डेभिसः तपाईले भन्नुभयो कि गिरफ्तारीपछिको घटनाको जिम्मेवार तपाईं हुनुहुन्न । त्यो धम्कीपूर्ण आवाज होइन ?

इमरान खानः विगत एक वर्षदेखि जे भइरहेको छ, त्यो आफैँमा इतिहास हो । पाँच हजार पक्राउ परेका छन्, पाँच हजार कार्यकर्ता पक्राउ परेका छन् । दिनहुँ मानिस पक्राउ परेका छन् ।

मेरो घरमा आक्रमण भयो । हाम्रो पार्टी अध्यक्षको घरमा हमला भयो । उनीहरूले बख्तरबंद गाडीले घरको ढोका तोडफोड गरे । यस्तो पहिले कहिल्यै भएको थिएन ।

तपाईं पनि आलोचक हुनुहुन्थ्यो, तपाईं सेना नेतृत्वको कट्टर आलोचक हुनुहुन्थ्यो, तपाईंले सरकार र प्रतिपक्षको कडा आलोचना गर्नुभयो । जनता, तपाईंका आन्दोलनकारी, तपाईंका समर्थकहरू जो सडकमा निस्किरहेका छन्, उस्तै भाषा प्रयोग गरिरहेका छन् नि ?

कुन भाषा ? त्यस्तो कुन नेता छ, जोमाथि दुईपटक हत्याको प्रयास भयो ? र, त्यो नेताले घटनाको छानबिन गर्न मात्रै माग गरिरहेको छ र त्यसको खण्डन पनि भइरहेको छ ।

दोस्रो आक्रमण कहिले भएको थियो ?

उनीहरूले मलाईं अदालत परिसरमा मार्ने प्रयास गरे । कुनै न कुनै तरिकाले मेरो ज्यान जोगियो ।

उनीहरूले यहाँ कब्जा गरेका थिए । अदालत परिसरलाई आईएसआईले नियन्त्रणमा लिएको थियो र यो एउटा जाल थियो । म त्यहाँ गएको भए पक्कै मारिने थिएँ ।

ममाथिको यो दोस्रो आक्रमण थियो । अनि मेरो घरमा पनि हमला भयो, यसलाई पनि बोल्ने कि ? हाम्रा कार्यकर्ताहरु पनि अपहरणमा परेका छन् ।

तपाईंले प्रयोग गरिरहनुभएको भाषाले मानिसहरूलाई उत्तेजित गर्दैन ?

तपाईंलाई के लाग्छ ? जसरी उनीहरु हाइकोर्टमा प्रवेश गरे, उनीहरुले झ्यालका सिसा फुटाए, मलाईं लाठीले हिर्काए । के मैले गलत गरिरहेको थिएँ ?

म आफ्नो ठाँउमा थिएँ... मेरा वकिल त्यहाँ बसिरहेका थिए र उनीहरुले मलाईं आतंककारी जस्तै गरी सबैको अगाडि अपहरण गरे ।

यी तस्बिरहरु बाहिर आएपछि तपाईंहरुको प्रतिक्रिया कस्तो होला जस्तो लाग्छ ? पाकिस्तानको सबैभन्दा ठूलो पार्टीको प्रमुख र उसलाई समात्छन्... सेनाले समात्छ... प्रतिक्रिया के होला जस्तो लाग्छ ?

यसको लागि एक व्यक्ति मात्र जिम्मेवार छ र त्यो हो सेना प्रमुख । म सत्तामा आएँ भने डी–नोटिफाई गर्छु भन्ने चिन्ता उनीहरुलाई छ ।

मैले यसो गर्दिनँ भनी उनीहरूलाई बताउन सक्दो प्रयास गरेँ । जे भइरहेको छ, त्यो सिधैँ उनकै निर्देशनमा भइरहेको छ । यदि मैले जित्यो भने, तिनीहरू डी–नोटिफाइड हुनेछन् भन्ने कुरामा ढुक्क भएका हुन् तिनीहरू ।

तपाईं अदालतबाट बाहिर निस्किने क्रममा पक्राउ पर्नुभयो भने आफ्ना समर्थकलाई के सन्देश दिनुहुनेछ ?

म २७ वर्षदेखि राजनीतिमा छु । मलाईं एउटा मात्रै फरक सन्देश देखाउनुहोस्– मेरो पार्टीको न्यायको लागि, विधिको शासनको लागि अभियान ।

मैले आफ्ना समर्थकहरूलाई जहिले पनि भनेको छु– संविधानको दायराभित्र रहेर आन्दोलन गर्दा शान्तिपूर्ण ढंगले गर ।

हामीले १२६ दिनसम्म आन्दोलन गर्‍यौं, जुन अहिलेसम्मकै सबैभन्दा शान्तिपूर्ण विरोध हो । हामीले कहिल्यै कानुन तोडेका छैनौं । अहिले पनि आन्दोलन गर्न आग्रह गर्दा पनि शान्तिपूर्ण बाटोको कुरा गर्छु । मैले सधैँ भनेको यही हो ।

मानिसहरूलाई थाहा छ कि म ५० वर्ष नाघेको छु । म सबैभन्दा चिनिएको पाकिस्तानी हुँ । मैले पाकिस्तानमा सबै अवार्ड जितेको छु । म यहाँको सबैभन्दा ठूलो समाजसेवी हुँ, म यहाँको सबैभन्दा ठूलो पार्टीको प्रमुख हुँ । मसँग यस्तो व्यवहार हुँदा प्रतिक्रिया दिने जिम्मेवारी कसको ? यसो गर्ने मानिसहरुको...।

तर, यो तपाईंका लागि आफ्ना समर्थकहरूलाई हिंसा नगर्न आग्रह गर्ने अवसर हुनेछ ।

हिजो मैले सर्वोच्च अदालतबाट जनतालाई सन्देश दिएको थिएँ । यो मेरो देश, मेरो सेना, मेरो भवन, मेरो जनता हो ।

कृपया शान्त रहनुहोस्, हामी हाम्रो देशलाई हानी गर्न चाहँदैनौँ र यो मैले सधैँ भनेको छु ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  २०:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय