site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
मौद्रिक नीति थप खुकुलो हुने संकेत 
SkywellSkywell

काठमाडौं । केही दिनअघि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकलाई क्षमताभन्दा ठूलो भारी बोकाए दुर्घटना हुने बताएका थिए । अर्थमन्त्री डा. प्रकाशशरण महतले मौद्रिक नीतिका कारण अहिलेको समस्या आएको भनेपछि गभर्नरको जवाफ आएको हो ।

तर, चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत गभर्नर अधिकारीले आगामी मौद्रिक नीति खुकुलो हुने संकेत देखाएका छन् । गभर्नरको भनाइलाई बल पुग्ने गरेर अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले अहिले नै खुकुलो मौद्रिक नीति लिन नहुने सुझाव दिएको छ । 

मौद्रिक नीतिको समीक्षा गर्दै राष्ट्र बैंकले ऋण तिर्न नसक्ने ऋणीलाई सुविधा तीन महिना समय थप गर्ने व्यवस्था गरेको छ । यो व्यवस्था राष्ट्र बैंकले निर्देशन जारी गरेपछि लागु हुने छ ।

Dabur Nepal
NIC Asia

त्यस्तै, राष्ट्र बैंकले ऋणीको नगद प्रवाहको विश्लेषण गरेर होटल तथा रेस्टुरेन्ट, पशुपन्क्षी पालन, निर्माण क्षेत्रसँग सम्बन्धित कर्जा र पाँच करोड रुपैयाँसम्मको अन्य क्षेत्रमा प्रवाह भएको कर्जालाई असार मसान्तभित्र पुनर्संरचना तथा पुनरतालिकीकरण गर्न सक्ने व्यवस्था मिलाउने बताइएको छ ।

मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षाबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा पनि गभर्नर अधिकारीले अहिलेको आर्थिक असहजतालाई मध्येनजर गरी अर्थतन्त्रलाई चलायमान बनाउने नीति लिएको बताए ।

“चालु आर्थिक वर्षको मौद्रिक नीति लचिलो बनाएका छौँ । मुलुकको मुद्रास्फीतिलाई मध्यनजर गरी नीतिगत दरलाई सात प्रतिशतमा यथावत राख्दै विद्यमान बैंक दरलाई एक प्रतिशत बिन्दुले घटाएर ७.५ प्रतिशत कायम गरिएको छ । यो नीतिले बैंकहरूको ब्याजदर घट्छ,” उनले भने । तर, अर्थतन्त्र सुधारका लागि राष्ट्रि बैंकले मात्र पहल गरेर नहुने गभर्नर अधिकारीको भनाइ छ ।   

राष्ट्र बैंकले बैंकदरलाई ८.५ प्रतिशतदेखि घटाएर सात प्रतिशतमा उपलव्ध गराउने व्यवस्था गरेको छ । यसका कारण अन्तर बैंक ब्याजदर १.५ प्रतिशतले कमी आएको छ । दैनिक तरलता सुविधालाई नीतिगत दरमा प्रदान गरिने व्यवस्थालाई निरन्तरता दिइएको राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले जानकारी दिए ।

अहिले बजारको विश्वास बढाउन मौद्रिक नीतिलाई केही लचिलो बनाइएको उनको भनाइ छ । तर, अर्थतन्त्र अझै पनि सहज अवस्थामा नभएकाले पोलिसी रेट नघटाइएको श्रेष्ठले बताए । 

मौद्रिक नीतिको समीक्षाबाट बैंक तथा वित्तीय संस्थाहरूबाट जारी भएका ऋणपत्रहरूलाई कर्जा–निक्षेप अनुपात गणना गर्ने प्रयोजनको रूपमासमेत गणना गर्न पाउने अहिलेको व्यवस्थालाई आगामी पुस मसान्तसम्मका लागि निरन्तरता दिइएको छ । वास्तविक क्षेत्रमा देखापरेको शिथिलताका कारणले लघुवित्त वित्तीय संस्थाका सदस्य ऋणीहरूलाई परेको समस्यालाई मध्येनजर गरी सम्बन्धित संस्थाले आवश्यकता र औचित्यको आधारमा असार मसान्तभित्र कर्जाको पुनर्संरचना तथा पुनरतालिकीकरण गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

पुँजी बजारको हकमा धितोपत्र बोर्डले गर्न लागेको व्यवस्थालाई नै आधिकारिकता मान्नुपर्ने गभर्नर अधिकारीले बताएका छन् । पुँजी बजारमा आएका समस्यालाई समाधान गर्न धितोपत्र बोर्डले विभिन्न ब्रोकरलाई लाइसेन्स दिएको भन्दै उनले बजारमा आउने जोखिमलाई व्यवस्थापन ती ब्रोकर कम्पनीहरूले गर्ने र बैंकहरूले सेयरमा प्रत्यक्ष गर्ने लगानी व्यवस्थापन हुने उनका भनाइ छ । यसका लागि ब्रोकरले मार्जिन कारोबारबाट लगानीकर्ताको जोखिम कम गर्नुपर्ने उनको भनाइ छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  १८:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu