site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वायु प्रदूषण पुनः बढ्दै
फाइल तस्बिर

काठमाडौं । पानी नपर्दा र डढेलोका घटना बढेकाले वायु प्रदूषण पुनःबढ्न थालेको छ । हावाको गुणस्तर मापन सूचकांक एक्यूआईका अनुसार अहिले ललितपुर पाटनको एक्यूआई एक सय ७६, काठमाडौं कीर्तिपुरको १६३, रत्नपार्कको १६३, नारायणीको १७१ र धनकुटाको १५५ रहेको छ ।

एक्यूआई शून्यदेखि ५० सम्मको मानकलाई सामान्य अवस्था मानिन्छ । एक्यूआई १५० भन्दामाथि जानुलाई हानिकारक मानिने गरिएको छ । पाटन, कीर्तिपुर, रत्नपार्क, नारायणी र धनकुटाको एक्यूआई १५० भन्दामाथि छ । स्वास्थ्यलाई नै हानी गर्ने खालको प्रदूषण बढेकाले घर बाहिर निस्कँदा मास्क लगाउन स्वास्थ्य विज्ञले सुझाव दिएका छन् । 

प्रदूषणकै कारण काठमाडौं उपत्यकासहित धेरै ठाउँमा बिहानदेखि तुवाँलो लागेको मौसमविद् गोविन्द झाले जानकारी दिए । उनका अनुसार तत्काल पानी पर्ने सम्भावना नरहेकाले प्रदूषण अझै बढ्ने अनुमान छ ।

भक्तपुर, मध्यपुरथिमि र वीरेन्द्रनगरको हावा पनि जोखिममा रहेकाले यहाँको हावा अस्वस्थकर देखिएको जनाइएको छ । यी क्षेत्रको एक्यूआई १५० भन्दा कम रहेको छ । यस्तो हावामा दीर्घरोगी, बालबालिका र ज्येष्ठ नागरिकलाई जोखिम हुन्ने विज्ञ बताउँछन् । गाडीबाट निस्किएको धुवाँका कारण पनि वातावरण प्रदूषित बन्दै गएको बताइएको छ । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  ११:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro