site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
युरोपा लिग : पहिलो लेगमा रोमा विजयी

काठमाडौं । युवा मिडफिल्डर इडोवार्डो बोभले दोस्रो हाफमा गरेको गोलमा एएस रोमाले बिहीबार राति युरोपा लिग सेमिफाइनलको पहिलो लेगमा बायर लेभरकुसेनलाई १–० ले हराएको छ । 

रोमाका उत्पादन २० वर्षीय बोभले ६३औँ मिनेटमा गरेको गोल रोमाको जितमा निर्णायक बन्यो । बोभको युरोपियन प्रतियोगितामा यो पहिलो गोल हो । 

Dabur Nepal
NIC Asia

जितसँगै जोजे माउरिन्होको प्रशिक्षणमा रोमाले लगातार दोस्रो युरोपियन उपाधि जित्ने सम्भावना कायम राखेको छ । रोमाले गत सिजन युरोपा कन्फरेन्स लिगको उपाधि जितेको थियो । रोमा दोस्रो लेगका लागि अर्को साता जर्मनी जानेछ । 

रोमा र लेभरकुसेनबीचको विजेता फाइनलमा उपाधिका लागि युभेन्टस र सेभियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । युभेन्टस र सेभियाले गएराति सम्पन्न पहिलो लेगमा १–१ को बारबरी खेलेको थियो । 

“म विशेषगरी नतिजाबाट खुसी छु,’’ रोमाका मिडफिल्डर बोभले भने, “यो पहिलो लेग जित्नु आवश्यक थियो र त्यही इच्छाशक्तिका साथ खेल्नु आवश्यक थियो । आज हामीले जोशका साथ खेल्यौं । हामी खुसी छौं । सुरुमा उनीहरूले हामीलाई केही गाह्रो बनायो । हामीलाई सम्हालिन केही समय लाग्यो । सम्हालिएपछि हामी खेलमा राम्रो नियन्त्रण राख्न सफल भयौं ।’’

लेभरकुसेन अहिले जाभी अलोन्सोको प्रशिक्षणमा छ । अलोन्सोले रियाल मड्रिडमा माउरिन्होको प्रशिक्षणमा तीन सिजन खेलेका थिए । माउरिन्होको प्रशिक्षणमा अलोन्सोले १५१ खेल खेलेका छन् । त्यसकारण गएराति रोमा र लेभरकुसेनबीचको खेललाई ‘गुरु–चेला’बीचको प्रतिस्पर्धाका रुपमा पनि हेरिएको थियो । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  ०८:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro