site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
रूसले विश्व अस्थिर बनाएको भन्दै देशभित्र नेटोको कार्यालय खोल्ने जापानको खुलासा

काठमाडौं । जापानले देशभित्र एसियामै पहिलोपटक नेटोको कार्यालय खोल्न वार्ता गरिरहेको त्यहाँका विदेशमन्त्रीले सीएनएनसँगको एक विशेष अन्तर्वार्तामा खुलासा गरेका छन् ।

“हामी पहिले नै छलफलमा छौँ, तर अहिलेसम्म अन्तिम निर्णय भइसकेको छैन,” विदेशमन्त्री योशिमासा हयाशीले भनेका छन् ।

गत वर्ष रूसले युक्रेनमा सुरु गरेको युद्धले युरोपको सीमाभन्दा बाहिर जापानलाई क्षेत्रीय सुरक्षाबारे पुनर्विचार गर्न बाध्य तुल्याएको हयाशीको भनाइ छ ।

“यसबारे हामीले छलफल गर्नुको कारण यो हो कि रूसले युक्रेनमाथि गरेको आक्रमणपछि विश्व बढी अस्थिर भएको छ,” उनले भने, “पूर्वी युरोपमा भइरहेको घटनाक्रम पूर्वी युरोपको मुद्दामा मात्र सीमित छैन । यसले प्रशान्त क्षेत्रको अवस्थालाई प्रत्यक्ष असर गर्छ । यसैले पूर्वी एसिया हामी र नेटोबीचको सहयोग महत्त्वपूर्ण हुँदै गइरहेको छ ।”

गत हप्ता एक विज्ञप्तिमा नेटोकी प्रवक्ता ओना लुङ्गेस्कुले जापानसँग लामो समयको सहकार्य रहेको भन्दै त्यहाँ सम्पर्क कार्यालय खोल्न नेटोका सबै सहयोगीसँग छलफलमा जाने बताएकी थिइन् ।

रूसले युक्रेनमा गरेको आक्रमणपछि दशकौंदेखि तटस्थ रहेका नर्डिक मुलुक फिनल्यान्ड र स्विडेन पनि नेटोमा सामेल हुन अघि सरेका थिए । फिनल्यान्ड गत महिना औपचारिक रूपमा नेटोमा सामेल भइसकेको छ भने स्विडेनको विषयमा भने टर्कीले अवरोध गरेको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  ११:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro