site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पशुपति क्षेत्रमा थप चार विद्युतीय शवदाह गृह निर्माण गरिने
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले थप चार विद्युतीय शवदाह गृह निर्माण गर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आइतबार सम्पन्न कोष सञ्चालक परिषद्को बैठकबाट पशुपति क्षेत्रमा दाहसंस्कारका लागि थप चार विद्युतीय शवदाह गृह निर्माण गर्ने निर्णय गरिएको हो । विद्युतीय शवदाह गृहमा लाम लाग्न थालेपछि कोष सञ्चालक परिषद्ले यस्तो निर्णय गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

निर्माण भएपछि सबै विद्युतीय शवदाह गृहमा निःशुल्क गर्ने निर्णय भएको कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले जानकारी दिए ।

पशुपति क्षेत्रमा अहिले दुई विद्युतीय शवदाहगृह छन् । एउटाको यन्त्र बिग्रिएर थन्किएको छ । हाल एउटा मात्र सञ्चालनमा छ । कोष सञ्चालक परिषद्ले त्यसै स्थानमा थप चार विद्युतीय शवदाह गृह निर्माण गर्न लागेको हो ।

Global Ime bank

थप चार विद्युतीय शवदाह गृह निर्माण सकिएसँगै कोषले शव निःशुल्क  दाहसंस्कार गर्ने तयारी गरेको हो । अहिले पशुपति आर्यघाटमा शवदाह संस्कार गरेबापत दाउराबाट जलाउने घाटमा १५ हजार र विद्युतीय शव दाहगृहमा चार हजार रुपैयाँ शुल्क लिने गरिएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १६:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय