site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
मेरो सपनाको नेपाल कहिले ?

पल्लाघरे अंकल बिहानको हल्का व्यायामपछि ब्रेक फास्ट गर्दै काममा जाने तयारी गर्दै हुनुहन्छ । सरकारी जागिर १० मिनेट ढिलो भयो भने पनी तलबमात्र काटिने हो र भोलि बढुवाको मूल्यांकनमासमेत पछि परिने हुन्छ । भनसुनले हुँदैन । राजनीति गर्ने ठाउँ नभएर होला नेपालमा कर्मचारी संङ्गठनहरू नै हराए ।

सरकारी कार्यालय धेरैजसो दाङमै भएर होला विहान र साँझको ट्रेनमा निलो कोटे कर्मचारीकै बाहुल्य छ । काठमाडौं-दाङ ३० मिनेटको यात्राको भाडा पनि ३० रुपैयाँ नै छ । आउँदाजाँदा ६० रुपैयाँ लाग्छ । तर, अंकल भन्नुहुन्छ - पहिले आफ्नै गाडीमा काठमाडौंको अफिस जाँदा तीनचार सयको तेल खर्च हुन्थ्यो । अनि फेरि उस्तै जाम १० बजे नै अफिस त कहिलै पुग्या हैन । अहिले झापादेखि कञ्चनपुरसम्मका मेरा साथीहरू १० बजे नै अफिस आइपुग्छन् । 

फुपुको घरमा भोलि शनिवारको दिन घुम्न जाने तयारी हुँदै छ । उच्च शिक्षाको लागि भारत, पोर्चुगल, चिलीबाट नेपाल आएका दाइका सहपाठी नि आज फुपुकै घरमा बसेका छन् । आजकल काठमाडौंको घरहरूमा तल्लो तलामा अनिवार्य पार्किङ बनाउने नियम भएर होला, ४-५ ओटा गाडी भोलि त्रिशुली रिसोर्ट जान तयारी अवस्थामा देखिन्छन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

मेरो दाइलाई कामको चटारो छ । ऊ कार्यरत नेपालकै पुरानो अस्पतालमा भोलि श्रीलंकाका राष्ट्रपतिको जटिल रोगको अपरेसन हुँदैछ । माल्दिभ्सको एक मन्त्रीको उपचार भएर हिजोमात्र डिस्चार्ज भएको एउटा पत्रिकामा छापिएको रहेछ । अस्ति दाइ काम गर्ने अस्पताल गएको जताततै टुटेफुटे नेपाली बोल्ने विदेशी कर्मचारी थिए ।  अहिले नेपाली अस्पतालमा विभिन्न देशका नर्स र डाक्टरको संख्या पनि बढ्न थाल्यो । त्यसैले नेपाल मेडिकल काउन्सिलले यो वर्षदेखि विदेशीको हकमा नेपालमा काम गर्नेले दिने परीक्षामा केही कडाइ गर्दै छ रे !

भाउजुलाई अफिसको कामले भ्याईनभ्याई छ । अर्को महिना फागुनमा नेपाल लट्रीको रिजल्ट आउँदै छ रे ।  नेपाल सरकारले प्रत्येक वर्ष ६/७ हजार विदेशी नागरिकलाई चिठ्टामार्फत रोजगार अनुमति कार्ड दिएर आफ्नो सामाजिक उत्तरदायित्व पनि सम्बोधन गर्दैआएको छ । 

Royal Enfield Island Ad

यहाँ बुबा हजुरबालाई पनि समय बिताउन समस्या छैन । अर्को साताबाट नेपाल र भारतको ३ ओटा क्रिकेट टेस्ट सिरिज हुँदैछ । बिहानै नातिनातिना स्कुल पठाएपछि दिउँसोको समय कहिले पार्क त कहिले खेल हेरेर बित्ने गर्छ । फेरि हरेक शुक्रवार र शनिवार त आफ्नो नगरको फुटवल हेर्नुपर्ने । यो सिजन पनि गोर्खा अंक तालिकामा शीर्ष स्थानमै छ । यो साता गृह मैदानमा हुने खेल हेर्न गोर्खा जाने ट्रेनको टिकट परिवारकै बुक भैसक्यो । 

असोज पुस महिनामा पर्यटकको संख्या बढेर पोखरा लुम्विनीमा पाइला टेक्ने ठाउँ हुँदैन । माउन्टेन फ्लाइट काठमाडौं, पोखरा, भैरहवाबाट चलाउँदा पनि पुगेको छैन । एयरपोर्टको सुरक्षा चेकिङ पनि कति कडा भएको हो ! फलफूल र ड्राइफ्रुट्स ल्याउँदा अस्ति भर्खर टर्कीबाट आएका २ जनाको भिसा रद्द गरेर एयरपोर्ट बाटै फर्काइदिएछन् । हिजो पनि ठमेलमा लुकेर काम गर्दै गरेका १६ जना फिलिपिनीलाई स्वदेश पठाउनु परेको थियो । जति कडाइ गरे पनि यहाँ आउने पर्यटक र कामदारको संख्या घटेको छैन ।  

लुम्विनीमा ३/३ वर्षमा आयोजना हुने आर्थिक रूपान्तरणको लागि विश्व सम्मेलनमा अमेरिका, बेलायतबाट आउने राष्ट्र प्रमुखलाई यसपालि पोखरामा राख्ने प्रबन्ध मिलाइएको समाचार सुनेर थाहा भयो । पहिलेपहिले छिमेकी देशको राज्यमन्त्री आउँदा घन्टौ जाममा फस्ने नेपालीलाई आज कुन देशको राष्ट्रपति आयो भन्ने हेक्कासमेत हुन छोडिसक्यो । यसपालिको सम्मेलनमा कसरी नेपालले आफूले उत्पादन गरेको जलविद्युतले एसिया, युरोपमा बजार विस्तार गर्न सफल भयो भन्ने विषयमा छलफल रहेछ । यहाँको आर्थिक रूपान्तरणमा प्रमुख भूमिका खेल्ने पूर्वप्रधानमन्त्रीलाई विशेष सम्मान गर्ने कार्यक्रम पनि रहेछ । 
    
'चिया सेलाइसक्यो, कान्छो छोरा उठ' - भित्ताको घडी हेर्दा ५:३० भइसकेको थियो । आमाको स्वर र ढोकाको आवाजले त मेरोमात्र हैन कुनै रेजिडेन्टको पनि थकित शरीर उठ्दैन होला । तर अस्पतालको बाँकी काम सम्झिएर ६ डिग्री चिसोमा पनि शरीर जुरुक्कै उठ्यो । ममीले ३६ घन्टे ड्युटीको लागी ब्याग तयार पारिसक्नु भएको थियो । छिटोछिटो तयार भएर अस्पतालतर्फ लम्किहालेँ । 

बाटोमा रातिदेखेको सफना घुमिरहे । मैले सोच्न थालेँ । सन्ततिको शिक्षाको लागि मेरो गाउँको ८० प्रतिशत मान्छे सहर पसेका छन् । सहर आउनुमा रोजगारी, गरिबी, स्वास्थ्य उपचार आदि पनि कारण होलान् । गुणस्तरीय शिक्षाको लागि सहर आउनुपर्ने त २५ वर्षअघि नै बुझेर मेरो बुबाले हामीलाई काठमाडौं ल्याउनु भएको रहेछ । मेरी श्रीमतीले अहिले २० वर्षपछि हाम्रा बच्चा तातो घाममा राहदानी लिन लाम लाग्नुभन्दा अहिले हामीनै लाममा बसौँ । जसरी पनि लाइन त बस्नैपर्छ क्या रे ! भनेर व्यङ्ग गरिरहन्छिन् । 

बेलाबेलामा श्रीमती भन्छिन् - ठीक छ, विदेश जाँदैमा हाम्रा रोनाल्डो, मेस्सि बन्छन् भन्ने ग्यारेन्टी त छैन तर क्षमता भए फक्रने अवसर अवश्य पनि पाउनेछन् । 

नेपालमा एउटा बच्चा जन्मेपछि उस्को जीवन चक्रको स्थिर छ । जन्मने अनि १० कक्षा पढ्ने अनि प्लस टु, ब्याच्लर हुँदै मास्टर डिग्री लिने । अनि बेरोजगार बन्ने । यो चक्र परिवर्तन हुनेवाला छैन । परिवर्तन हुने त मन्त्री, सांसदहरू र नगरपालिका/गाउँपालिकाका प्रतिनिधिमात्र हुन् । 

मेरो परिवारका मबाहेकको दाजुभाइ दिदिबहिनी विदेशमै स्थापित भइसकेका छन् । उनीहरूसँग कुरा हुँदा विदेश जान दबाब पनि दिन्छन् । नेपालमा म बस्नु परेको कारण सबैले छोडेका बुबाआमाको माया र जिद्दीबाहेक अरू छैन । के नयाँ सरकारले विदेश पलायन हुने सोच्न बाध्य पारिएको मजस्तै हजारौं युवालाई रोक्न सक्ला ? गणतन्त्रपछि नयाँ नेपाल बन्छ भनेर सपना देख्ने मजस्तो नेपालीको सपना कहिले पूरा होला ? मनमा यिनै कुरा खेलिरहेका थिए । समय ६:४४ भइसकेछ, वार्डमा भएको बिरामीको 'प्रोग्रेस नोट' ढिलो भइसक्यो भनी सबै बिर्सेर बिरामीप्रति ध्यान केन्द्रित गर्नतर्फ लागेँ । 

(अजिरकोट - ५ गोरखा, हाल त्रिवि शिक्षण अस्पताल, काठमाडौं) 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  १२:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro