site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउनेमा हिमालयन बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६८औँ वार्षिकोत्सवको अवसरमा हिमालयन बैंक लिमिटेडलाई सम्मान गरेको छ ।

वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी विप्रेषण भित्र्याउन सफल भएकोमा हिमालयन बैंकलाई सम्मान गरिएको हो ।  

Dabur Nepal
NIC Asia

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणालाई प्रशंसापत्र हस्तान्तरण गरेका थिए ।

हिमालयन बैंक आर्थिक वर्ष २०७८/७९ मा देशमा भित्रिएको कुल विप्रेषणको १६.९० प्रतिशत रकम भित्र्याउन सफल भएको थियो ।

बैंकले संसारभरि अवस्थित १२५ भन्दा बढी व्यावसायिक साझेदारको सञ्जालमार्फत प्रिमियम अनलाइन ग्राहक केन्द्रित प्रविधिमा आधारित आधुनिक प्रणालीबाट आफ्नो विप्रेषण सेवा सञ्चालन गर्दै आएको छ ।

हाल बैंकले देशभरि फैलिएका हिमाल रेमिटका १८,००० भन्दा बढी भुक्तानी केन्द्रहरूमार्फत विदेशबाट आप्रवाह भएका विप्रेषणको सरल र सहज रूपमा भुक्तानी गर्दै आएको बताइएको छ ।

बैंकले १८९ शाखा कार्यालय, २० वटा विस्तारित काउन्टर र २६३ एटीएममार्फत सेवा दिँदै आएको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १७:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
CAN Banner adCAN Banner ad
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro