site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
मच्छिन्द्र विजयी, मनाङ पराजित

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा साविक विजेता मच्छिन्द्र फुटबल क्लबले फ्रेन्ड्स क्लबविरुद्ध सहज जित निकालेको छ ।

शनिबार च्यासल मैदानमा भएको खेलमा मच्छिन्द्रले फ्रेन्ड्सलाई २–१ ले हरायो । मच्छिन्द्रको जितमा चेन्चो ग्याल्सेन र देवेन्द्र तामाङले एक/एक गोल गरे ।

Dabur Nepal
NIC Asia

खेलको ४५औँ मिनेटमा ग्याल्सेनले गोल गर्दै मच्छिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए । ६३औँ मिनेटमा देवेन्द्रले गोल गर्दै मनाङलाई २–० को अग्रता दिलाए । ७६औँ मिनेटमा फ्रेन्ड्सका अमिनुले एक गोल फर्काए ।

जारी लिगमा मच्छिन्द्रको यो चौथो जित हो । मच्छिन्द्रले ११ खेलबाट १६ अंक जोडेको छ । फ्रेन्ड्सको ११ खेलमा ११ अंक छ ।

मनाङ पराजित
शनिबारै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एफसी खुमलटारले मनाङ–मर्सयाङ्दी क्लबलाई २–१ ले पराजित गर्‍यो । खुमलटारको जितमा मेसुके ओलुमोउले दुई गोल गरे । मनाङका कोफी टिमोथी कुडोले एक गोल फर्काए ।

खेलको १३औँ मिनेटमा मेसुके ओलुमोउले गोल गर्दै खुमलटारलाई सुरुआती अग्रता दिलाएका थिए । ५३औँ मिनेटमा मनाङका कोफी टिमोथी कुडोले पेनाल्टीमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । खेलको इन्ज्युरी समयमा मेसुकेले व्यक्तिगत दोस्रो गोल गर्दै खुमलटारलाई २–१ को जित दिलाए ।

खुमलटारको यो चौथो जित हो । खुमलटारले ११ खेलबाट १३ अंक जोडेको छ । मनाङको यो लगातार चौथो हार हो । मनाङको ११ खेलबाट १५ अंक छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  १८:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro