site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पैसा नतिर्ने प्रयोगकर्ताको ब्लू टिक हटायो ट्विटरले
तस्बिर : एपी ।

काठमाडौं । ट्विटरले पैसा नतिरेका प्रयोगकर्ताको ब्लू टिक हटाएको छ । ट्विटरले यसअघि अप्रिल २० तारिखदेखि ब्लू टिकका लागि सब्सक्राइब नगर्ने सबैको भेरिफिकेसन टिकमार्क हटाउने जनाएको थियो ।

सोहीअनुसार आज नेपाल र विदेशका कैयौँ व्यक्ति एवं संघ–संस्थाको ब्लू टिकमार्क हटेको छ ।

ट्विटरले विभिन्न मापदण्ड तोकेर एन्ड्रोइड प्रयोगकर्ताका लागि प्रतिमहिना आठ र आईओएसका प्रयोगकर्ताका लागि ११ डलर तिरेर भेरिफाइड टिक मार्क प्राप्त गर्न सकिने नीति ल्याएको थियो । यसरी मापदण्ड पूरा गरी रकम तिरेकाहरूको टिकमार्क यथावत् छ । अरूको हटाइएको छ ।

ट्विटरले सरकारी कार्यालय र सरकारी अधिकारीहरूको भेरिफाइड टिक मार्क भने ग्रे रङमा निःशुल्क उपलब्ध गराइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  १०:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro