site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महिन्द्राको एक्सयूभी ३०० का नयाँ चार भेरियन्ट नेपाली बजारमा, सुरुआती मूल्य ४३ लाख

काठमाडौं । महिन्द्राले आफ्ना एक्सयूभी ३०० ब्रान्डलाई नयाँ भेरियन्टमा पुनः नेपाली बजारमा भित्र्याएकोे छ । यसको सुरुआती मूल्य ४२ लाख ९५ हजार रहेको छ । 

एक्सयूभी ३०० को टर्बाेस्र्पोट भेरियन्टका भित्रिएको यो गाडीमा १३० हर्सपावर र २३० एनएम टर्क रहेको छ । यो गाडीले विश्वव्यापी एनसीएपी टेस्टमा फाइभ स्टार सुरक्षा मूल्यांकन प्राप्त गरेको कम्पनीले जनाएको छ ।

यो गाडी पेट्रोल म्यानुएल इन्जिन र नौवटा फरक रंगमा उपलब्ध छ । कम्पनीले नयाँ ग्राहकहरूलाई यसको डब्लू फोर भेरियन्ट २०१९ कै मूल्यमा उपलब्ध गराउने जनाएको छ ।

गाडीमा १.२ लिटरको टर्बो–पेट्रोल इन्जिनले ११० हर्सपावर र २०० एनएमको कर्ट उपलब्ध छ । यसको इन्जिन ६ स्पिड म्यानुअल गियरबक्ससँग जोडिएको छ । 

दुईवटा एयरब्याग, एबीएस, सबै पाङ्ग्रामा डिस्क ब्रेक, एलईडी टेल–लाइट र चारवटै पावर विन्डोज सबै मोडलहरूमा मानक रहेको कम्पनीको भनाइ छ ।

चारवटा भेरियन्टमा उपलब्ध एक्सयूभी ३०० को डब्लू ४ भेरियन्टको मूल्य ४२ लाख ९५ हजार, डब्लू ६ भेरियन्टको मूल्य ४९ लाख ९५ हजार, डब्लू ८ को मूल्य ५७ लाख ५० हजार र डब्लू ८ ओ को मूल्य ६० लाख रहेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १३:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro