site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बैंकले नौ महिनामा कमाए ४८ अर्ब नाफा, खराब कर्जा ३ प्रतिशतमाथि 
Sarbottam CementSarbottam Cement

काठमाडौं । वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको नौ महिनामा ४८ अर्ब नाफा गरेका छन् । गत वर्षका नौ महिनाको तुलनामा बैंकहरूको नाफा १० प्रतिशतले बढेको छ ।

बैंकहरूले प्रकाशित गरेको चालु आर्थिक वर्षको नौ महिनाको वित्तीय विवरणानुसार ४८ अर्ब १० करोड रुपैयाँ नाफा गरेको देखिएको छ । गत वर्ष नौ महिनामा ४३ अर्ब ५१ करोड नाफा गरेका थिए ।

चैत मसान्तको वित्तीय विवरणले बैंकहरूको खराब कर्जा ह्वात्तै बढेको देखिएको छ । औसतमा चैत महिनामा बैंकहरूको खराब कर्जा ३.०५ प्रतिशत पुगेको छ । गत वर्ष बैंकहरूको खराब कर्जा १.२७ प्रतिशत थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

२१ मध्ये सबैभन्दा बढी नाफा नबिल बैंकले गरेको छ । नबिलले पाँच अर्ब ११ करोड रुपैयाँ नाफा गरेको छ । नबिलले गत वर्ष तीन अर्ब ३५ करोड नाफा गरेको थियो । बैंकले गत आर्थिक वर्षको अन्तिममा एनबी बैंकलाई गाभेको थियो । नबिलको खराब कर्जा ३.८७ प्रतिशत पुगेको छ । गत वर्ष १.१४ प्रतिशत थियो ।

चैतको वित्तीय विवरण हेर्दा एक प्रतिशतभन्दा तल खराब कर्जा हुने बैंकमा एभरेष्ट, एनआईसी, स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेका छन् । 

Global Ime bank

चैतको वित्तीय विवरणले बैंकहरूले कर्जा उठाउन नसकेको देखिएको छ । आर्थिक गतिविधिमा आएको सुस्तताले बैंकहरूको कर्जा नउठ्ने अनुमान थियो ।

वित्तीय विवरणानुसार कृषि विकास बैंकले चालु आर्थिक वर्षमा एक अर्ब चार करोड नाफा गरेको छ । गत वर्ष एक अर्ब ९० करोड थियो । खराब कर्जा अनुपात गत वर्ष २.३२ प्रतिशत रहेकामा यो वर्ष ४.२५ प्रतिशत पुगेको छ ।

सिटिजन्स बैंकको नाफा गत वर्ष एक अर्ब ५८ करोड रहेकामा यो वर्ष एक अर्ब २३ करोडमा झरेको छ । खराब कर्जा अनुपात १.७१ प्रतिशतबाट बढेर ३.९८ प्रतिशत पुगेको छ ।

एभरेष्ट बैंकले गत वर्ष एक अर्ब ५१ करोड नाफा गरेको थियो । यो वर्ष दुई अर्ब ४६ करोड नाफा गरेको छ । खराब कर्जा ०.२६ प्रतिशतबाट बढेर ०.७० प्रतिशत पुगेको छ ।

ग्लोबल आईएमई बैंकले चार अर्ब ३५ करोड नाफा गरेको छ । यो बैंकको नाफा गत वर्ष तीन अर्ब ७२ करोड थियो । गएको पुसमा ग्लोबल र बैंक अफ काठमाडौं मर्ज भएका थिए । खराब कर्जा १.४५ प्रतिशतबाट ३.९६ प्रतिशत पुगेको छ ।

हिमालयन बैंकले एक अर्ब ७३ करोड नाफा गरेको छ । यो बैंकको नाफा गत वर्ष एक अर्ब ३९ करोड थियो । खराब कर्जा ०.९९ प्रतिशतबाट ४.५६ प्रतिशत पुगेको छ ।

कुमारी बैंकले गत वर्ष एक अर्ब ८० करोड नाफा गरेको थियो । यो वर्ष एक अर्ब ३० करोड नाफा गरेको छ । खराब कर्जा गतवर्ष ०.९६ प्रतिशत रहेकामा यो वर्ष बढेर ३.९७ प्रतिशत पुगेको छ ।

गत वर्ष चैतमा लक्ष्मी बैंकले ८५ करोड नाफा गरेको थियो । यो वर्ष एक अर्ब २६ करोड नाफा गरेको छ । खराब कर्जा १.०८ प्रतिशतबाट १.८२ प्रतिशत पुगेको छ ।

माछापुच्छ्रे बैंकले गत वर्ष एक अर्ब ५५ करोड नाफा गरेको थियो । अहिले एक अर्ब ३५ करोड नाफा गरेको छ । खराब कर्जा ०.८७ प्रतिशतबाट २.२७ प्रतिशत पुगेको छ ।

नेपाल बैंकले गत वर्ष दुई अर्ब १९ करोड नाफा गरेको थियो । यो वर्ष एक अर्ब ७८ करोडमा झरेको छ । खराब कर्जा गत वर्ष २.०६ प्रतिशत रहेकामा यो वर्ष ४.१६ प्रतिशत पुगेको छ ।

एनआईसी एशिया बैंकले गत वर्ष तीन अर्ब ६० करोड नाफा गरेको थियो । यो वर्ष चार अर्ब एक करोड नाफा गरेको छ । खराब कर्जा ०.५१ प्रतिशतबाट बढेर ०.८५ प्रतिशत पुगेको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले तीन अर्ब चार करोड नाफा गरेको छ । गत वर्ष दुई अर्ब ४७ करोड नाफामा थियो । नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक मर्ज भएको हो । खराब कर्जा गत वर्ष २.३२ प्रतिशत रहेकामा यो वर्ष ४.३५ प्रतिशत पुगेको छ ।

एनएमबि बैंकले दुई अर्ब ६८ करोड नाफा गरेको छ । गत वर्ष दुई अर्ब ६६ करोड नाफा गरेको थियो । खराब कर्जा गत वर्ष १.४६ प्रतिशत रहेकामा यो वर्ष २.९६ प्रतिशत पुगेको छ ।

प्रभु बैंकले एक अर्ब ९५ करोड नाफा गरेको छ । गत वर्ष एक अर्ब ७५ करोड नाफा गरेको थियो । खराब कर्जा १.२१ प्रतिशतबाट ३.४८ प्रतिशत पुगेको छ । प्रभुले सेञ्चुरी बैंकलाई गाभेको थियो ।

प्राइम बैंकले दुई अर्ब ४६ करोड नाफा गरेको छ । गत वर्ष दुई अर्ब ७२ करोड नाफा गरेको थियो । खराब कर्जा ०.९४ प्रतिशतबाट ३.०६ प्रतिशत पुगेको छ ।

राष्ट्रिय वाणिज्य बैंकले तीन अर्ब ५७ करोड नाफा गरेको छ । यो बैंकको नाफा गत वर्ष दुई अर्ब ६१ करोड थियो । खराब कर्जा ३.०७ प्रतिशतबाट  ३.८८ प्रतिशत पुगेको छ ।

सानिमा बैंकले एक अर्ब ७१ करोड नाफा गरेको छ । गत वर्ष एक अर्ब ५९ करोड नाफा थियो । खराब कर्जा ०.३८ प्रतिशतबाट २.२७ प्रतिशत पुगेको छ ।

नेपाल एसबिआई बैंकले एक अर्ब ८० करोड नाफा गरेको छ । गत वर्ष एक अर्ब ३० करोड नाफा गरेको थियो । खराब कर्जा ०.१४ प्रतिशतबाट ०.९७ प्रतिशत पुगेको छ ।

सिद्धार्थ बैंकको नाफा एक अर्ब ४९ करोड छ । गत वर्ष दुई अर्ब आठ करोड थियो । खराब कर्जा २.०६ प्रतिशतबाट बढेर ४.१६ प्रतिशत पुगेको छ ।

स्ट्यान्डर्ड चार्टर्डको नाफा दुई अर्ब ६१ करोड छ । यो बैंकको नाफा गत वर्ष एक अर्ब ६२ करोड थियो । खराब कर्जा ०.३६ प्रतिशतबाट ०.९० प्रतिशत पुगेको छ ।

सनराइज बैंकले एक अर्ब १७ करोड नाफा गरेको छ । गत वर्ष एक अर्ब २७ करोड नाफा गरेको थियो । खराब कर्जा १.३७ प्रतिशतबाट बढेर ३.६२ प्रतिशत पुगेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  ०९:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !