site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पासवर्ड सेयर गर्न मिल्ने फिचर ल्याउँदै नेटफ्लिक्स, २५ वर्ष पूरानो डीभीडी व्यापार बन्द
Tiktok banner adTiktok banner ad

काठमाडौं । भिडियो स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सले यसै वर्ष सन् २०२३ को जुनसम्म थप पैसा तिरेर पासवर्ड सेयर गर्न मिल्ने फिचर ल्याउने भएको छ । 

सन् २०२३ को पहिलो त्रैमासिकमा कम्पनीका प्रयोगकर्ताको संख्या २३ करोड २५ लाख पुगेको छ । यसबाट महामारीपछि सब्सक्राइबर गुमाउन थालेको नेटफ्लिक्समा सकारात्मक ट्रेण्ड देखिएको छ । कम्पनीले आफ्नो विज्ञापन राखिएको संस्करणले पनि राम्रो नतिजा ल्याइरहेको जनाएको छ ।

यसका साथै त्रैमासिक रुपमा कम्पनीले १.३ अर्ब नाफा कमाएको जनाएको छ । कम्पनीले अझैं राम्रो अनुभव प्रदान गर्ने किसिमले सार्वजनिक गर्ने भन्दा पासवर्ड सेयर गर्न मिल्ने फिचरलाई अझैं समय लगाएर सार्वजनिक गर्ने भएको हो ।

यस्तै, आउँदो सेप्टेम्बर २९ मा अन्तिम डीभीडी डेलिभर गर्दै कम्पनीले आफ्नो सुरुआती व्यवसाय बन्द गर्ने घोषणा गरेको छ । २५ वर्षको अविश्वसनीय यात्रापछि यस वर्षको अन्त्यमा डीभीडीडटकम बन्द गर्ने भएको कम्पनीले ब्लगपोस्टमार्फत जनाएको छ ।

सन् १९९९ मा नेटफ्लिक्सको डीभीडीडटकम वेबसाइटमा कुनै पनि व्यक्तिले चाहेको फिल्म वा सिरिजको डीभीडी अर्डर गरेपछि कम्पनीले डीभीडी हुलाकबाट पठाउने गरी सेवा सुरु गरेको थियो । सन् २००७ देखि यसले अनलाइनमै भिडियो स्ट्रिमिङ सेवा सुरु गरेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  १५:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro