site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
इतिहासकै शक्तिशाली रकेट प्रक्षेपणको मिति सारियो
Ghorahi CementGhorahi Cement

काठमाडौं । अमेरिकी उद्यमी एलन मस्कको कम्पनी स्पेसएक्सले इतिहासकै शक्तिशाली रकेट प्रक्षेपणको मिति यही अप्रिल २० तारिखका लागि तय गरेको छ ।

उक्त रकेट सोमबार (हिजो) प्रक्षेपण गर्ने तयारी गरिएको थियो । तर, इन्धनमा समस्या देखिएपछि रकेटको प्रक्षेपण दुई दिनपछि धकेलिएको हो ।

सोमबार निर्धारित समयभन्दा करिब नौ मिनेटअगाडि प्रक्षेपण स्थगित गरिएको थियो । स्पेसएक्सले यो रकेट मानिस र कार्गोलाई चन्द्रमा र मंगल ग्रहमा लैजान सक्ने क्षमताका साथ बनाएको जनाएको छ ।

Dabur nepal
Agni Group

हालसम्मका कुनै पनि रकेटभन्दा झन्डै दोब्बर शक्तिशाली यसको प्रक्षेपण सफल भएमा अन्तरिक्ष अन्वेषणका क्षेत्रमा अर्काे सफलता प्राप्त हुनेछ ।

यो रकेटलाई स्टारसिप नाम दिइएको छ । मस्कको अन्तरिक्षसम्बन्धी काम गर्ने कम्पनी स्पेसएक्सले यो रकेट बनाएको हो ।

करिब १२० मिटर अग्लो यो रकेटले प्रक्षेपणका क्रममा निकाल्ने बल (थ्रस्ट) इतिहासका कुनै पनि रकेटभन्दा झन्डै दोब्बर हुनेछ । यात्रीरहित यो रकेट टेक्सासको बोका चिकाबाट प्रक्षेपण गरिनेछ । यसले पृथ्वीमा लगभग एक फन्को मार्ने लक्ष्य राखिएको छ ।

यो रकेटले एकै दिनमा धेरैपटक मान्छे एवं सामान अन्तरिक्षमा पठाउने काम गर्नेछ । यो रकेटको सफलताले आमनागरिकलाई समेत अन्तरिक्ष भ्रमणमा जान सक्ने स्थिति बनाउने मस्कको विश्वास छ ।

यो रकेटमा सामान एवं यात्री राखिने प्रमुख माथिल्लो भाग र मुख्य बलियो इन्जिन रहने तल्लो गरी दुई भाग छन् । सबै कुरा योजनाअनुसार अघि बढ्दा स्टारसिप रकेटको बुस्टरको तल्लो भागमा रहेका ३३ मिथेन इन्धनका इन्जिन दुई मिनेट ४९ सेकेन्डसम्म बल्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यसपछि रकेटका दुई भाग अलग हुनेछन् । माथिल्लो भाग यसमा रहेको इन्जिन बल्दा थप ६ मिनेट २३ सेकेन्डसम्म अघि बढ्नेछ । त्यति बेलासम्म यो रकेट पृथ्वीको सतहदेखि १०० किलोमिटरभन्दा माथि अन्तरिक्षमा उडिरहेको हुनेछ ।

मुख्य इन्जिन रहेको तल्लो भाग सुपर हेभी बुस्टर भने पृथ्वीमै फिर्ता आउनेछ । स्पेसएक्सले यो फेरि प्रयोग गर्न सकिने गरी टेक्ससको तटनजिक ठाडो रूपमा अवतरण गराउनेछ ।

यात्री वा सामान बोक्ने मुख्य माथिल्लो भाग (सिप) भने पृथ्वीको वरिपरि लगभग एक फन्को लगाएर पृथ्वीको वायुमण्डलमा फिर्ता आउनेछ । प्रक्षेपण गरेको करिब ९० मिनेटपछि यो सिप अमेरिकाको हवाई टापुहरूको उत्तरमा प्रशान्त महासागरमा अवतरण हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  १०:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu