site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
सीजी नेटको सेवा आठ सहरमा विस्तार
Ghorahi CementGhorahi Cement

काठमाडौं । सीजी नेटले इन्टरनेट र आईपीटीभीसहित “स्पिड दमदार मूल्य शानदार” अफर ल्याएको छ ।

यस अफरअन्तर्गत १३० एमबीपीएसको इन्टरनेट प्याकेज ७९९ रुपैयाँमा, २५० एमबीपीएसएसको प्याकेज एक हजार ४९ मा र ३५० एमबीपीएसको प्याकेज प्रतिमहिना एक हजार २९९ रुपैयाँमा उपलब्ध गराउने भएको छ ।

यसका साथै सीजी नेटले आफना प्रयोगकर्ताहरूलाई तीन लाख रुपैयाँसम्मको दुर्घटना बिमा र सीजीका घडी, इयरफोनलगायत अन्य घरायसी सामाग्रीको खरिदमा ३५ प्रतिशतसम्मको छुट अफर ल्याएको छ ।

Dabur nepal
Agni Group

सीजी नेट जोडेर प्रयोगकर्ताहरूले करिब चार लाख नेपाली रुपैयाँ बराबरका यी सुविधाहरू प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ ।

काठमाडौंमा सेवा विस्तार गरिसकेपछि अहिले सीजी नेटले विराटनगर, वीरगन्ज, इटहरी, पोखरा, जितपुर, सिमरा, धरान र दुहावीसम्म आफ्नो सेवा पुर्‍याइसकेको बताएको छ ।

आइतबार मात्रै पोखरामा सीजी नेटले आफ्नो सेवा विस्तार गरेको छ । सीजी नेटले १३० एमबीपीएस स्पिडको इन्टरनेट सेवा ७९९ रुपैयाँ प्रतिमहिनामै उपलब्ध गराउने नेपालकै पहिलो कम्पनी भएको दाबी गरेको छ ।

कम्पनीले अत्याधुनिक प्रविधिको प्रयोगबाट सस्तो र भरपर्दो इन्टरनेट सेवामार्फत देशलाई संसारसँग जोड्ने उद्देश्यका साथ नेपालका विभिन्न स्थानहरुमा सेवा विस्तार गरिरहेको बताएको छ ।

कम्पनीले आठ नयाँ स्थानमा सेवा विस्तार गर्न पाउँदा खुसी व्यक्त गर्दै धेरै भन्दा धेरै ठाउँमा सेवा विस्तार गर्ने लक्ष्य रहेको बताएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  १७:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu