राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले अपशब्द प्रयोग नगर्न पार्टीका नेता–कार्यकर्तालाई आग्रह गरेका छन् । सोमबार बिहान ट्विट गर्दै उनले पत्रपत्रिका जलाउने काम नगर्न पनि आग्रह गरेका छन् ।
उनले आफूहरू एकर्काको प्रतिस्पर्धी भएको भन्दै दुस्मन नभएको उल्लेख गरेका छन् । आफूहरूले जिते पुग्ने उनको भनाइ छ ।
सांसद झाले लेखेका छन्–
राष्ट्रिय स्वतन्त्र पार्टीका मित्रहरूलाई अनुरोध :
१) अपशब्द प्रयोग नगर्नुस्
२) पत्रपत्रिका जलाउने काम नगर्नुस्
३) हामी एक अर्काको प्रतिस्पर्धी हौँ, दुस्मन हैन ।
४) हामी जिते पुग्छ, अरू सबै हार्न आवश्यक छैन ।
प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८० १३:४०
प्रतिक्रिया दिनुहोस्