site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
साउद तेस्रोपल्ट बने मन्त्री, यस्तो छ राजनीतिक यात्रा 

काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउद तेस्रोपटक मन्त्री बनेका छन् । आइतबार उनी पराष्ट्रमन्त्री नियुक्त भएका हुन् । उनी यसअघि शिक्षा राज्यमन्त्री र सिँचाइमन्त्री बनेका थिए ।

पराष्ट्रमन्त्री नियुक्त भएका साउदले आइतबारै पद तथा गोपनीयताको शपथ लिएका छन् ।

Dabur Nepal
NIC Asia

साउद पञ्चायतकालमा विद्यार्थी राजनीतिबाट उदाएका हुन् । त्यति बेला दलीय राजनीति प्रतिबन्धित थियो । ०३६ सालमा महेन्द्रनगर माध्यमिक विद्यालयमा नेपाल विद्यार्थी संघको इकाइ सचिव भएर उनले राजनीति सुरु गरेका हुन् ।

उनी ०४१ मा नेविसंघको केन्द्रीय सदस्यमा नियुक्त भएका थिए । ०४८ मा नेविसंघको केन्द्रीय अध्यक्ष बने । २६ वर्षको उमेरमा उनी नेविसंघको अध्यक्ष बनेका थिए ।

त्यसको तीन वर्षपछि ०५१ को मध्यावधि निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धा गरेका साउद पराजित भए । ०५६ मा कञ्चनपुरबाट निर्वाचित उनी शिक्षा राज्यमन्त्री बने ।

०५९ सालमा शेरबहादुर देउवा नेतृत्वमा कांग्रेस विभाजित भएर नेपाली कांग्रेस प्रजातान्त्रिक बनेपछि साउद केन्द्रीय सदस्य भए । ०६४ मा कांग्रेस र कांग्रेस प्रजातान्त्रिकबीच एकता हुँदा उनले केन्द्रीय सदस्य पद नै पाएका थिए । त्यसयताका महाधिवेशनमा उनी लगातार केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

०६४ मा निर्वाचन हारे । ०७० को निर्वाचनमा जितेका साउद सिँचाइमन्त्री बनेका थिए । ०७४ मा निर्वाचन हारे । ०७९ मा आमनिर्वाचनमा विजयी उनी परराष्ट्रमन्त्री बन्न सफल भएका हुन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  १५:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro