site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मत माग्न नेताकहाँ धाएको छैन 
Tiktok banner adTiktok banner ad

नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा चैत २८ र २९ मा हुँदैछ ।  विधानअनुसार तीन वर्षपछिको अध्यक्ष बन्नको लागि यो पटक वरिष्ठ उपाध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा हुन लागेको छ । 

अहिलेका एसोसियट उपाध्यक्ष रामचन्द्र संघाईले वरिष्ठ उपाध्यक्षमा उमेदवारी दिएका छन् ।  व्यावसायिक घराना त्रिवेणी ग्रुपका संघाईसँग बाह्रखरीका लागि आशीष ज्ञवालीले गरेको कुराकानी :


वरिष्ठ उपाध्यक्षमा तपाईँको उमेदवारी के लागि हो ? 

म अहिले उद्योग वाणिज्य महासंघमा एसोसिएट उपाध्यक्ष छु ।  एसोसियट उपाध्यक्षमा गरेको कामको आधारमा मैले वरिष्ठ उपाध्यक्षमा लड्ने विचार गरेको हो । 

मेरो उमेदवारीको तीनवटा एजेन्डा रहेको छ ।  यसमा महासंघको संगठनात्मक सुधार, महासंघको प्रदेश संरचनालाई बलियो बनाउने हो । 

जिल्ला नगरबाट आउने साथीहरुको समस्यादेखि लिएर ठूला तथा साना मझौला सबै व्यवसायीको समस्यालाई समाधान गर्न सरकारसँग पहल गर्ने मैले गर्नेछु । 

म आफैं पनि उत्पादनमुलक क्षेत्रमा काम गरेको उद्योगी हो ।  यसबाहेक हाम्रो लगानी सेवामुलक क्षेत्रमा समेत रहेको छ । 

कृषि उद्यममासमेत हामीले काम गरेका छौं ।  करिब २० हजारलाई हाम्रो समूहले रोजगारी दिएको छ ।  देशमा रोजगारी बढाउन, उत्पादनमुलक उद्योग बढाएर देशमा समृद्धिलाई अगाडि बढाउने हो ।  अहिलेका अध्यक्ष शेखर गोल्छाले ल्याउनुभएको भिजन २०३० पेपरलाई कार्यान्वयन पक्षमा लैजाने काम मेरो हो । 

चुनावका जिल्लामासमेत जानुभयो । अहिले जिल्लाबाट व्यवसायीहरु महासंघको निर्वाचनको लागि काठमाडौं आएका छन् । व्यवसायीको समस्या के रहेछ ? 

अहिले व्यवसायीहरुको समस्या आर्थिक मन्दीले पारेको असर हो । विश्वभर नै आर्थिक मन्दी छ यसको असर समेत नेपालमा परेको हो । 

यसमा नेपाल पनि अछुतो छैन । नेपालमा पनि यो समस्या भएको छ ।  अहिले सबैभन्दा बढी गाह्रो उद्योगी व्यवसायीलाई सबैभन्दा बढी समस्या बैंकको ब्याजदरले गर्दा भएको छ । 

बैंकको ब्याजदर बढ्दा उद्यमी व्यवसायीलाई समस्या भएको छ ।  आर्थिक मन्दीले गर्दा व्यापारमा संकुचन आएको छ ।  व्यापार घटेको र ब्याजदर बढ्दा व्यवसायीलाई दोहोरो मर्का परेको छ । 

ramchandra sanghai1681038807.JPG

बैंकको ब्याजदर बैंक सञ्चालकले बढी नाफा लिन खोजेको कारण बढेको आरोप छ । तपाईँ आफैं बैंकमा राम्रो सेयर स्वामित्व छ । सञ्चालक समेत हुनुहुन्छ । तपाईँहरुले ब्याजदर घटाए घट्ने होइन र ?


बैंकको ब्याजदर बढ्ने घट्ने भनेको खुला बजार अर्थतन्त्र अनुसार हुन्छ । बैंक सञ्चालकले चाहेर ब्याजदर बढ्ने घट्ने हुँदैन ।

बैंकको सञ्चालकको हिसाबले भन्नुपर्दा बैंक सञ्चालन राष्ट्र बैंकले बनाएको नीति नियममा रहेर हुने हो । बैंकको ब्याजदरको प्रभाव म आफैंलाई पनि परेको छ । 

व्यवसायीको गुनासो बैंक सञ्चालक महासंघमा हाबी हुँदा मुद्दा उठाउन कमजोर भयो भन्ने छ नि ?

त्यस्तो मलाई लाग्दैन । चुनावी कारणले पनि भनेको हो । हामी सबैजना बैंकसँग जोडिएका छन् । बैंक भनेको बैंक सञ्चालक लगानीकर्ता र कर्मचारीको मात्र होइन । 

बैंकमा पैसा जम्मा गर्ने निक्षेपकर्ताको पनि हो ।  ऋण लिनेको पनि बैंक हो । मेरो एउटा लगानी बैंकमा छ ।  तर त्योभन्दा बढी लगानी त निक्षेपकर्ताको छ । 

बैंकसँग कुनै कुनै हिसाबले सबै जोडिएको हुँदा मुद्दा उठान कमजोर भयो भन्ने म मान्दिन । 

महासंघको के आकर्षण छ । योपटक त तीनजना निर्वाचनमा प्रतिस्पर्धा गर्न लाग्नु भएको छ ?

व्यवसायीहरु आबद्ध हुने भनेको निजी क्षेत्रको संस्थामा हो । यसमा महासंघ सबैभन्दा ठूलो संस्था हो ।  म आफैं पनि एसोसिएट उपाध्यक्षको रुपमा कार्यकाल बिताएपछि स्वाभाविकरुपले वरिष्ठ उपाध्यक्षमा लड्न लागेको हो । 

जिल्लाको सानो व्यवसायीदेखि लिएर अर्बको कारोबार गर्ने बहुराष्ट्रिय कम्पनीसमेत महासंघमा आबद्ध छन् । 

देशभरका साना, मझौला ठूला सबै खाले व्यवसायीको आवाज महासंघले बोक्ने गर्छ ।  त्यो हिसाबले आकर्षण हुने नै भयो । त्यो भएर म आफू नेतृत्त्व लिन अगाडि सरेको छ । 

उद्योग व्यवसायलाई कसरी अगाडि बढाउन सकिन्छ । रोजगारी सिर्जना गर्न सकिन्छ भनेर म आफैं नेतृत्वमा आउन लागेको हो । 

त्रिपक्षीय प्रतिस्पर्धाको कारण पहिलो चरणमा नतिजा नआउने अनुमान छ । यसो भयो भने अर्कोपक्षसँग सहकार्य हुने सम्भावना कत्तिको हुन्छ ?

मलाई म पहिलो चरणमा नै निर्वाचन जित्छु भन्ने लाग्छ ।  पहिलो चरणमा जित्न सकेन भने दोस्रो चरणमा जित्छु ।  पहिलो चरणको नतिजा आएन भने स्वाभाविक रुपमा कोहीसँग सहकार्य हुन्छ । 

चन्द्र ढकालले सहमतिको प्रयास गर्नु भएको छ । सहमति हुने कत्तिको सम्भावना छ ?

त्यो म अहिले भन्न सक्ने अवस्थामा छैन । चन्द्रजीले एउटा बैठकमा बोलाउनु भएको थियो । त्यसपछि बैठक भएको छैन ।  म अहिले त्यसमा केही भन्न सक्ने स्थितिमा छैन । 

तपाईँको कारण निर्वाचनको थप भड्किलो भन्ने आरोप छ । के खर्च अत्यधिक बढानु भएको हो ?

मैले त्यस्तो खालको भड्किलो गरेको गरेको जस्तो लागेको छैन ।  यही अन्तर्वार्तासमेत एउटा पार्टी प्यालेसमा बसेर तपाईँलाई दिइरहेको छु । म साधारण किसिमले चुनावी अभियान सञ्चालन गरेको छु ।  मैले पाँचतारे होटलमा त्यसरी पार्टी दिने काम गरेको छैन । मेरो सम्पर्क कार्यालयसमेत कार्यालयमा चलेको थियो । 

अहिलेमात्र पार्टी प्यालेसमा साथीहरुसँग भेटघाटको लागि आएको हो । भनेपछि मैले कसरी खर्च बढाएँ ?

निर्वाचनमा कत्ति खर्च गर्दैै हुनुहुन्छ ?

निर्वाचन उठेपछि सामान्य खर्च हुन्छ । साथीहरुसँग भेटघाटमा । बाहिर हल्ला गरेजस्तो खर्च हुँदैन । 

राजनीति दलको समर्थन लिन के गर्दै हुनुहुन्छ । समर्थन कसले दिने भए ?

महासंघलाई राजनीतिबाट टाढा नै राख्नुपर्छ । बाहिर सञ्चारमाध्यममा मैले राजनीतिक पार्टीको समर्थन जुटाए भन्ने कुरामा सत्यता छैन ।

उद्योगी व्यापारीको हिसाबले सबै राजनीतिक दलसँग मिलेर जानुपर्ने हुन्छ ।  त्यो हिसाबले सबै राजनीतिक दलसँग सम्बन्ध हुन्छ । 

तर निर्वाचनको लागि लबिइङ गर्न नेताको गएको छैन ।  त्रिवेणी ग्रुप ठूलो व्यवसायिक घरानामा पर्छ । तपाईँले कसरी साना व्यवसायीको मुद्दालाई महासंघबाट सम्बोधन गर्नुहुन्छ । 

मलाई ठूलो व्यवसायिक घराना भने पनि हाम्रो ग्रुपले स्टार्टअप बिजनेशदेखि साना बिजनेश, मझौला उद्योग व्यवसाय चलाएका छौं । 

त्यो हिसाबले मलाई साना उद्योगी व्यवसायीको समस्याको बारेमा समेत जानकारी छ ।  सानो व्यवसायलाई मझौला हुँदै ठूलो बनाउँदै लग्ने हो ।  मेरो काम साना व्यवसायीलाई ठूलो बनाउनको लागि काम गर्ने हो । 

म त्यसैको लागि काम गर्ने हो । हाम्रो ग्रुपको व्यवसाय समेत सानोबाट सुरु हुँदै अहिलेको ठाउँमा आएको हो । एकैपटक ठूलो भएको होइन । 

ramchandra sanghai11681038809.JPG

महासंघ ‘चुनावदेखि चुनावसम्म’को संस्थामात्र हुँदा व्यावसायिक एजेन्डा ओझेलमा परेको होइन ?

लोकतन्त्रमा निर्वाचन हुनु राम्रो हो । म आफैं पनि एसोसिएट उपाध्यक्षको रुपमा बसेर काम गरेँ ।  महासंघमा निर्वाचनमात्र हुँदैन कामसमेत भएको छ । 

अहिलेका अध्यक्ष शेखर गोल्छाको नेतृत्त्वमा धेरै काम भएको छ ।  भिजन पेपर २०३० कसरी आउने थियो । ब्याजदरको कुरामा महासंघले आफ्ना सदस्यहरुको हितको लागि जहिले पनि माग राखेको छ । 

तीनवटा अर्थमन्त्री त म आफैंले हेरेँ ।  महासंघले हरेक अर्थमन्त्रीसँग व्यवसायीको हकहितको मात्र कुरा उठाएको छ । 

महासंघको नेतृत्वमा जानेले सरकारसँग बसेर लाइसेन्समा फाइदा लिनेमात्र काम गरे । जसले गर्दा मुद्दा ओझेलमा परेको आरोप व्यवसायीको छ ? तपाईँ नेतृत्वमा जादैं गर्दा व्यक्तिगत फाइदा लिने काम गर्दिन भन्न सक्नुहुन्छ ?

अहिलेको नेतृत्व हामीले पाएका छौँ । त्यसले के लाइसेन्सको फाइदा लियो ।  मलाई त नेतृत्वले लाइसेन्सको फाइदा लिएको जस्तो लाग्दैन । 

नेतृत्व लिएर लाइसेन्सको फाइदा लिनुपर्ने छैन ।  म आफु २० वर्षदेखि महासंघको कार्यसमितिमा छु ।  हामी सबै निर्वाचन लडेका छौँ । व्यवसाय गर्न पाउने त हक हो । व्यक्तिगत फाइदाको लागि त म महासंघमा जान लागेको होइन । 

त्यसो हो भने रामचन्द्र संघाईलाई किन भोट दिने ?

रामचन्द्र संघाईलाई देशभरका जिल्ला, एसोसिएट र वस्तुगतका साथीहरुले मलाई विश्वास गर्नुहुन्छ ।  मेरो उद्योग व्यवसायको जीडीपीमा २ प्रतिशतको योगदान छ । 

मेरो वरिष्ठ उपाध्यक्षको रुपमा काम चन्द्र ढकालजीको कार्यकाललाई सफल बनाउने हो । शेखरजीको अधुरो रहेको कामलाई समेत अगाडि बढाउने हो । 

साथीहरुको समस्या मेरो आफ्नो भनेर लाग्ने छु । म कसैलाई निरास हुन दिने छैन । 

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  १६:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro