site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फिनल्यान्डमा प्रधानमन्त्री सान्ना मारिनको पार्टीलाई चुनौती
Tiktok banner adTiktok banner ad

काठमाडौं । फिनल्यान्डको राष्ट्रिय निर्वाचनमा आज मतदान भइरहेको छ । फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मारिनले शनिबार सबैभन्दा राम्रो विकल्प भन्दै आफ्नो पार्टी सोसल डेमोक्र्याटिक पार्टी (एसडीपी)लाई भोट हाल्न आग्रह गरेकी छन् ।

सन् २०१९ मा ३४ वर्षको उमेरमा विश्वको सबैभन्दा कान्छी प्रधानमन्त्री बनेकी मारिनको दल एसडीपी र अन्य दुई पार्टीहरुबीच चुनावमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । मारिनले महिलाहरूको नेतृत्वमा रहेका पाँच दलहरूको गठबन्धनको सरकार चलाएकी थिइन् ।

फिनल्यान्डको सार्वजनिक प्रसारक येलको पछिल्लो सर्वेक्षणले राष्ट्रिय गठबन्धन पार्टीलाई १९.८ प्रतिशतको समर्थन देखिएको छ । यस्तै, राष्ट्रवादी दल फिन्स पार्टीलाई १९.५ र एसडीपीलाई १८.७ प्रतिशतको समर्थन मिलेको देखाएको छ ।

स्थानीय समयअनुसार बिहान ९ बजेदेखि साँझ ८ बजेसम्म चल्ने मतदानमा १७ लाख मतदाता रहने आंकलन गरिएको अन्तर्राष्ट्रिय मिडियाले लेखेका छन् ।

चार वर्ष विपक्षमा रहेको पेटेरी ओर्पोको राष्ट्रिय गठबन्धन पार्टीले सरकार गठनका लागि गठबन्धन बनाउन सक्ने ठूलो अपेक्षा गरिएको छ । तर, राष्ट्रवादी दल फिन्स पार्टीलाई पनि उत्तिकै अवसर रहेको देखिन्छ ।

मारिनलाई उनको दल बाहिर रुचाउनेहरु पनि निकै धेरै रहेका कारण उनको शक्तिमै रहने सम्भावनालाई समेत हेरिएको छ । फिन्सबाट सार्वजनिक ऋण बढाएको आलोचना भए पनि कोभिड–१९ को महामारी र युक्रेन युद्धका बीच धेरैले उनको नेतृत्वको प्रशंसा पनि गरेका छन् ।

महत्वपूर्ण प्रतिस्पर्धाका साथ प्रतिनिधिसभाका २०० जना सदस्य चयनका लागि भइरहेको यो निर्वाचनको नतिजाले फिनल्यान्डको आगामी राजनीतिक दिशा निर्धारण गर्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  १३:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro