राजनीति

काठमाडौं । सत्तासाझेदर दल नेपाली कांग्रेसले बारा क्षेत्र नम्बर–२ मा जनता समाजवादी पार्टी (जसपा)का उमेदवारलाई सघाउने निर्णय गरेको छ ।
आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट यस्तो निर्णय गरिएको सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।
कांग्रेसले आउँदो वैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहुँ–१ र चितवन–२ मा भने यसअघि नै उमेदवारको टुंगो लगाइसकेको छ । बारा–२ मा जसपाका अध्यक्ष उपेन्द्र यादव सत्ता गठबन्धनका तर्फबाट साझा उमेदवार बन्ने तयारी छ ।
प्रकाशित मिति: आइतबार, चैत १९, २०७९ १२:१०
प्रतिक्रिया दिनुहोस्