site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा अब दुई घण्टा पानी पर्ने, एक घण्टायता फत्तेपुरमा सबैभन्दा बढी वर्षा
Tiktok banner adTiktok banner ad

काठमाडौं । हाल देशका धेरै स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोसी प्रदेश, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेशलगायत स्थानमा वर्षा भइरहेको छ ।

पछिल्लो एक घण्टायता सप्तरीको फत्तेपुरमा सबैभन्दा बढी वर्षा भएको महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । यो अवधिमा त्यहाँ ३० मिलिमिटर वर्षा मापन गरिएको छ ।

यस्तै, पछिल्लो एक घण्टायता मकवानपुरको भोर्लिनीमा १५ र संखुवासभाको तुम्लिङटारमा १० मिलिमिटर वर्षा मापन गरिएको उनले बताइन् ।

अहिले काठमाडौंमा पनि वर्षा भइरहेको छ । वर्षा गराउने प्रणाली पश्चिमतर्फबाट सर्दै पूर्वतिर गइरहेको उनले जानकारी दिइन् ।

“वर्षा गराउने बादल/प्रणाली नै अहिले काठमाडौंमाथि छ । पश्चिमबाट यो सर्दै पूर्वतिर जाँदै छ,” उनले बाह्रखरीसित भनिन्, “अहिले विशेष गरी पूर्व र काठमाडौंमा वर्षा भइरहेको छ । तर, मौसम बदली देशभर नै छ ।”

काठमाडौंमा अब करिब दुई घण्टा वर्षा हुने सम्भावना छ । त्यसपछि केही समय रोकिए पनि राति पुनः पानी पर्न सक्ने मौसमविद् मानन्धरले बताइन् ।

“काठमाडौंमा अब करिब दुई घण्टा वर्षा हुने सम्भावना छ । त्यसपछि पानी पर्न कम हुँदै जान्छ । केही बेर रोकिए पनि राति पुनः पानी पर्ने देखिन्छ,” उनले भनिन् ।

उनका अनुसार आजभन्दा भोलि मौसममा सुधार हुनेछ । भोलिभन्दा पर्सि मौसममा सुधार आउने उनले बताइन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  १६:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro