site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अप्रिलको दोस्रो साता चीन भ्रमण गर्दै ब्राजिलका राष्ट्रपति लुला
Sarbottam CementSarbottam Cement

ब्रासिलिया । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा अप्रिल महिनाको दोस्रो साता चीन भ्रमणमा जाने भएका छन् ।

उनले गत साताका लागि भ्रमणको तय गरेको भए पनि स्वास्थ्य समस्याका कारण अन्तिम समयमा भ्रमण स्थगित गरेका थिए । उनलाई निमोनियाको समस्या देखिएको र अहिले स्वास्थ्यमा क्रमिक सुधार भइरहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रपति लुला अप्रिल ११ देखि १४ तारिखसम्म चीनमा रहने राष्ट्रपति कार्यालयले शुक्रबार जनाएको हो ।

जनवरीमा ब्राजिलको राष्ट्रपतिकोरूपमा सत्ता सम्हालेका ७७ वर्षीय वामपन्थी नेताको भ्रमण दुई देशबीचको राजनीतिक, आर्थिक तथा कुटनीतिक सम्बन्धलाई थप मजबुत पार्न केन्द्रित रहने बताइएको छ ।

Global Ime bank

भ्रमणले दक्षिणपन्थी पूर्ववर्ती जायर बोल्सोनारोको शासनकालमा चिसिएको बेइजिङसँगको सम्बन्धलाई पुनः स्थापित गर्ने विश्वास गरिएको छ । 

लुलाले ब्राजिलको सबैभन्दा ठूलो व्यापारिक साझेदार चीनसँग घनिष्ठ सम्बन्ध बनाउन चाहेको ब्राजिलका अधिकारीहरूले बताएका छन् ।  रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  २३:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC