site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चिनियाँ राष्ट्रपति सीलाई युक्रेनी समकक्षी जेलेन्स्कीसँग वार्ता गर्न स्पेनी प्रधानमन्त्रीको आग्रह
Tiktok banner adTiktok banner ad

बेइजिङ । स्पेनका प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई युक्रेनी समकक्षीसँग कुरा गर्न आग्रह गरेको बताएका छन् । 

बेइजिङस्थित स्पेनी दूतावासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री पेड्रो सान्चेजले युक्रेन जारी युद्धबारे आफूले सी र अन्य शीर्ष चिनियाँ अधिकारीसँगको भेटमा ‘चीनको अडान’बारे छलफल गरेको बताए । 

उनले रूसी नेता भ्लादिमिर पुटिनले युरोपेली सङ्घ (ईयू)को शान्ति र कल्याणका लागि बहुपक्षीय परियोजनालाई कमजोर बनाउन खोजेको आरोप पनि लगाए ।

“मैले राष्ट्रपति सीलाई युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग युक्रेनी सरकारको यो शान्ति योजनाबारे प्रत्यक्ष जानकारी लिन कुराकानी गर्न प्रोत्साहित गरेँ,” सान्चेजले भने ।

जेलेन्स्कीले पटक–पटक सीसँग वार्ताका लागि आफू तयार रहेको बताउँदै आएका छन् । तर, पुटिनसँग पटक–पटक वार्ता भए पनि चिनियाँ नेताले युक्रेनसँगको छलफलका लागि अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । 

बेइजिङले गत महिना युक्रेनको सङ्कटको ‘राजनीतिक समाधान’का लागि १२ बुँदे कार्यपत्र सार्वजनिक गरेको थियो । युक्रेनका सहयोगीहरूले तुरुन्तै यो दस्तावेजमाथि शङ्का गरेका थिए भने यसलाई किभले स्वागत गरेको थियो ।

सान्चेजले शुक्रबार द्वन्द्वमा आणविक हतियारको प्रयोगको विरोध गर्ने बेइजिङको अडान र ‘क्षेत्रीय अखण्डता’का लागि चीनको घोषित समर्थनको पनि स्वागत गरेका थिए । 

उनले भने, “चीन सरकारले युक्रेनमा शान्ति स्थापना गर्न गरेको प्रयासलाई म स्वागत गर्दछु ।” रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १८:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro