site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
स्पष्टीकरणपछि मुकुन्द न्यौपाने– ‘सूर्य नझुल्की कलमले के गरी लेख्नुहुन्छ ? भनेर जनता सोध्छन्’
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)मा नेता मुकुन्द न्यौपाने तेस्रो वरीयताका नेता हुन् ।  पार्टीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालपछि उनको वरीयता तोकिएको छ । 

न्यौपानेले केही समययता पार्टीमा नेकपा (एमाले)सहितको एकता हुनुपर्ने धारणा राख्दै आएका छन् ।  फेसबुकमा जथाभावी स्ट्याटस लेखेको र कार्यकर्ता भड्काएको आरोपमा उनलाई पार्टीले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

मंगलबार बसेको सचिवालय बैठकले गरेको उक्त निर्णय गोप्य नै राखिएको छ ।  एमालेलाई सहयोग गर्ने गरी अघि बढेको आरोप लाग्दै आएका न्यौपानेलाई सात दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको एकीकृत समाजवादीका एक पदाधिकारीले जानकारी दिए । 

Agni Group

त्यस्तै, उपाध्यक्ष केदार न्यौपाने र स्थायी कमिटी सदस्य चूडामणी जंगलीले दिएको राजीनामा पनि स्वीकृत गरेको छ । 

यसै सन्दर्भमा नेता न्यौपानेसँग बाह्रखरीका कुञ्जरमणि भट्टराईले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :

Global Ime bank

तपाईंलाई सचिवालय बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेछ । जानकारी (स्पष्टीकरण पत्र) पाउनुभयो ?

यस्ता स्पष्टीकरण त कति सोधियो–सोधियो । पहिले स्पष्टीकरण सोध्नेहरु कहाँ पुगिसके ।  जनताले मंसिर ४ गते एकीकृत समाजवादीसँग प्रष्टीकरण मागे । २० लाख मत आउँछ भनेर जनताको बीचमा भाषण गरेको होइन ?

त्यही भाषणले गर्दा कहाँ गएर यसले २० लाखको सर्भे गर्यो भनेर जनताले तीन लाख पनि मत दिएनन् । थे्रस होल्ड पनि पुगेन । जनताले जमानत जफत गरिदिए । स्पष्टीकरणपत्र त बाहिर हावामा उडिरहेका छन् ।

तपाईंलाई एमालेलाई सहयोग पुग्नेगरी अभिव्यक्ति दिएको आरोप लागिरहेको छ नि ?

गएको असारमा एमालेबाहेक माओवादीसँग एकता गर्ने भनेर पार्टीमा, पार्टी बैठकमा प्रस्तुत भयो ।  मैले त पार्टी कमिटी बैठकमा नै एमालेसँगको एकता ‘एक देश एक कम्युनिस्ट पार्टी’ भनेर फरक मत नै राखेको हुँ नि ।

१०–२० वटा कम्युनिस्ट पार्टी बनाएर समाजवाद आउँछ ? हिजो एउटा पार्टीको अध्यक्ष बनाएर यो हालत भयो । 

कुर्सी बाँडफाँटमा कतिबेला कुर्सीमा चढ्ने र खुट्टा हल्लाउने भन्दा केही छ ?

चुनावका बेला पहिलो पार्टी एस, दोस्रो पार्टी कांग्रेस, एमाले त कहाँ पुग्यो– पुग्यो, उड्यो भनेको उड्यो र ? मेरो त प्रष्टीकरण यिनै हुन् । मैले त असारदेखि नै लेखिरहेको छु नि ।

तपाईं एमालेमै जान लाग्नुभयो भन्ने सुनिन्छ । पार्टी एकता नभए पनि तपार्ईंमात्रै जान लाग्नुभएको हो ?

एमाले जान खोज्नुभयो होइन, एमाले बनाएकै मदन भण्डारी र हामीले होइन ? एमालेले यहाँ पुर्यायो ।  सूर्य नझुल्की उज्यालो हुँदैन, उज्यालो नभई कलम चल्दैन दाइ भन्छन् जनता ।  अँध्यारोमा के गरी लेख्नुहुन्छ, सूर्य झुल्किएन भने भन्छन् । यसको खण्डन गर्न सक्नुहन्छ ? 

एमालेमा हुर्कियौँ । एमालेमा नै बढ्यौँ । मनमोहन, मदन भण्डारीहरुकै छत्रछायामा पार्टी अघि बढ्यो ।  उहाँहरुलाई त्याग्न सकिँदैन । संसार त्याग्न सकिन्छ, मनमोहन, मदन भण्डारी त्याग्न सकिँदैन ।

पार्टी उपाध्यक्ष केदार न्यौपानेले पनि राजीनामा दिनुभएछ । पार्टीमा असन्तुष्टि बढेको हो ?

कसैले राजीनामा दिएका छन् । कोही संघर्ष चलाउँदै जान्छन् । अन्तिममा एमालेसँग एकता गर्छन् ।  कम्युनिस्ट र कांग्रेसभित्र तीन धार हुन्छन् । सक्रिय, मध्यवर्ती र पिछडिएका हुन्छन् । 

सक्रिय अघि बढ्छ, मध्यवर्ती त्यसको पछाडि आउँछ र पिछडिएकाको आँखा खुल्छ । यहाँ पनि त्यस्तै हो ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १९:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC