site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा मेयर बालेनविरुद्ध प्रदर्शन
Tiktok banner adTiktok banner ad

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)विरुद्ध प्रदर्शन गरिएको छ ।

संविधान र कानुनविपरीत सुकुम्वासीलाई उठीवास लगाउने कामको नेतृत्व लिएको भन्दै मेयर बालेनविरुद्ध सोमबार काठमाडौंको नयाँ बानेश्वरदेखि माइतीघरसम्म र्‍यालीसहित विरोध प्रदर्शन गरिएको हो ।

आफूहरूलाई उठीवास लगाउने काममा मेयर बालेन लागेपछि त्यसको विरोधमा सुरु गरिएको प्रदर्शनलाई निरन्तरता दिनुपरेको संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा नेपालका अध्यक्ष कुमार कार्कीले बताए ।

qkmdg1679900019.jpg

भूमिहीनलाई जग्गाधनी पुर्जा दिनुको साटो संविधान र कानुनविपरीत उठीवास लगाउने प्रयास गरिरहे कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत उनले दिए ।

विरोध प्रदर्शनका क्रममा पक्राउ परेका भूमि अभियन्तालाई निःसर्त रिहा गर्नुपर्ने, उनीहरूमाथि लगाइएका सबै झुटा मुद्दा खारेज गर्नुपर्ने मागसहित नाराबाजी गरिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  १२:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro