site stats
प्रवास
अमेरिकामा कृष्ण लामिछानेको अन्तिम संस्कार सम्पन्न, छोरीहरूले दिए दागबत्ती

टेक्सस ।  कृष्ण लामिछानेको शनिबार अन्त्येष्टि गरिएको छ । धार्मिक विधिअनुसार उनको अन्त्येष्टि गरिएको हो । उनका दुई छोरीले दागबत्ती दिएका थिए । गत मंगलबार घरमै मृत भेटिएका कृष्ण लामिछानेको अन्तिम संस्कारमा नेपाली समुदायको ठूलो उपस्थिति थियो ।

कृष्ण लामिछाने नेपाली समुदायबीच सक्रिय व्यक्ति थिए । शनिबार ठूलो संख्यामा उपस्थित नेपाली समुदायले  उनले समुदायलाई गरेको सेवाको प्रशंसा गर्दै उनलाई अन्तिम श्रद्धान्जली दिए ।

Himalayan Bank
Agni Group

अन्तिम संस्कारका वेला लामिछानेको छोरीको बाबु प्रतिको भनाईले सबैका आँखा रसाएका थिए । जेठी छोरी कृतिमाले आफूले बाबुको बाटो पछ्याउने बताइन् । गौतम बुद्धको बाटोमा आफू हिँड्ने बताउँदै उनले समाजसँग आफूहरूलाई एक्लै नछाड्न पनि आग्रह गरिन् ।

स्वर्गीय लामिछानेका बुवाले आफू अमेरिका आउन सक्ने अवस्था नरहेकाले अन्त्येष्टि नरोक्न भनेपछि शनिबार अन्तिम संस्कार गरिएको हो । 
हिमालय खबरबाट

Global bank

प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  ०८:१८
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय