site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
सरकारलाई सचेत गराउन पाकिस्तानका पूर्वप्रधानमन्त्री खानको माग
Sarbottam CementSarbottam Cement

इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं पाकिस्तान तहरीक–ए–इन्साफ पार्टी (पीटीआई)का अध्यक्ष इमरान खानले सरकारले आगामी आम निर्वाचन स्थगन गर्नसक्ने भएकाले संविधान उल्लङ्घन हुन नदिन सरकारलाई सचेत गराउन माग गरेका छन् । 

नेता खानले आज भिडियो लिङ्कमार्फत आफ्नो पार्टीका कार्यकता तथा समर्थकलाई सम्बोधन गर्दै शासकहरूबाट भएको संवैधानिक प्रावधानको उल्लङ्घन रोकिनुपर्नेमा जोड दिँदै न्यायालयलाई त्यसमा हस्तक्षेप गर्न आग्रह गरे । असुरक्षा र आर्थिक समस्यालाई देखाएर आम निर्वाचन स्थगन गर्न वर्तमान सरकार उद्यत रहेको आरोप पनि उनले लगाए ।

Prabhu Bank
Agni Group
NIC Asia

संविधानको उल्लङ्घनले विधिको शासन र मौलिक अधिकार हनन् हुने बताउँदै पूर्वप्रधानमन्त्री खानले सरकारका गलत निर्णयमा अङ्कुस लगाउन तथा संविधानको रक्षाका निम्ति ठोस कदम चाल्न अनुरोध गरे ।

वर्तमान सरकारले संविधानमाथि प्रहार गरेको आरोप लगाउँदै उनले आवधिक निर्वाचनको प्रत्याभूतिका निम्ति न्यायमूर्तिहरूले सरकारी बहानाबाजीलाई मान्न नहुनेमा जोड दिए ।

Global Ime bank

सर्वोच्च अदालतको पाँच सदस्यीय इजलासले गरेको निर्णयलाई सरकारले बेवास्ता गरेको बताउँदै नेता खानले आफूले जनतालाई वास्तविक स्वाधीनता दिन खोजेको र देश छाडेर कतै नभाग्ने अडान दोहो¥याए । सरकारले आम जनतामा त्रास फैलाउन खोजेको आरोप लगाउँदै शासकविरुद्ध डटेर लाग्न आह्वान गरे ।

पाकिस्तानको निर्वाचन आयोगले आगामी महिनाका निम्ति निर्धारण गरिएको उपनिर्वाचन आगामी अक्टोबर ८ सम्म स्थगन गरिएको घोषणा गरेपछि संविधान मिचिएको जिकिर गर्दै न्यायाधीशहरूलाई सरकारी कदम सच्च्याउने आदेशका निम्ति आग्रह गरेको एआरवाई न्युजले जनाएको छ ।

यसैबीच, निर्वाचन आयोगले विदेशमा बसेका पाकिस्तानीबाट पार्टीलाई प्राप्त रकम फुकुवाका निम्ति पीटीआईले पेस गरेको निवेदन अस्वीकार गरेको छ । आयोगले विदेशबाट प्राप्त रकमलाई अवैध भन्दै जफत गर्ने घोषणा गरेको छ । आयोगले गत अगष्ट पार्टीलाई प्राप्त रकम अवैध भएको जनाएको थियो । रासस/एएनआई

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  १७:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC