site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
समाजभित्र गणतन्त्रको संस्कृति छिर्न नसकेको अनुभव भयो : मन्त्री किराती
Tiktok banner adTiktok banner ad

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले समाजभित्र गणतन्त्रको संस्कृति छिर्न नसकेको अनुभव भएको बताएका छन् । 

शनिबार काठमाडौंमा आँचल कुसुम अधिकारीद्वारा रचित कविता संग्रह मन पग्लिएछ भने विमोचन गर्दै मन्त्री किरातीले मुलुकमा शासन गर्ने पात्र फेरिए पनि वास्तविक रुपमा गणतन्त्र समाजको जरासम्म विस्तार गर्न नसकेको अनुभव भएको बताए । 

त्यस्तै, उनले देशमा आर्थिक विकास गरेर रोजगारी सिर्जना गर्नुपर्ने भए पनि सपनामा स्वदेशको बिउ रोप्न नसके मुलुकको विकासको सपना साकार हुन नसक्ने बताए । 

रोजगारको अभावमात्रै विदेशिनुको कारण नभएको भन्दै मन्त्री किरातीले देशमा स्वदेशी सपना नभएर पनि युवाहरुमा बाहिर जाने इच्छा बढेको देखिएको धारणा राखे । 

उनले मुलुकको विद्यमान पाठ्क्रममा पनि स्वदेशी सपनासहितको विषयवस्तुलाई प्राथमिकता दिनुपर्ने जिकिर गरे । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  १६:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro