site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
क्रिकेट खेलाडी गुलशन झा सम्मानित
फाइल तस्बिर।

मलङ्गवा । राष्ट्रिय क्रिकेट टोलीका खेलाडी गुलशन झालाई आज सर्लाही सदरमुकाम मलङ्गवामा एक कार्यक्रमका बीच सम्मान गरिएको छ ।

क्रिकेट खेलको माध्यममार्फत यस क्षेत्रको गरिमा बढाएको भन्दै मलङ्गवा–८ का वडाध्यक्ष मुकेश जयसवाललगायतले झालाई राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका हुन् । झालाई सो अवसरमा  कदरपत्र समेत प्रदान गरिएको थियो ।

मलङ्गवा–८ निवासी खेलाडी झालाई सम्मानपछि बाजागाजासहित बजार परिक्रमा गराइएको थियो । 

झाले आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको चैत २ मा भएको खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्धको खेलमा अविजित ५० रन बनाएका थिए । 

जसको सहयोगमा नेपाल उक्त खेलमा डकवर्थ लुइस नियमका आधारमा नौ रनले विजयी हुँदै विश्वकप छनोट भएको थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  २३:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro