site stats
विदेश
चीनले भत्काएन दशौँ हजार क्षमताको क्वारेन्टाइन, के छ योजना ?

काठमाडौं । चीनले शून्य कोभिड नीति हटाएको चार महिना बित्यो। कोभिड–१९को महामारीको समयमा सञ्चालनमा ल्याइएका दशौँ हजार क्षमताका क्वारेन्टाइन अझै भत्काएको छैन ।

स्याटेलाइटबाट लिइएका तस्बिरहरूको विश्लेषण गर्दै अलजजिराले तीन चिनियाँ प्रान्तका ठूला क्वारेन्टाइनको स्वरुपमा कुनै परिवर्तन नआएको बताउँदै यसबारे अब के योजना छ भन्ने प्रश्न उब्जिएको जनाएको छ ।

Himalayan Bank
Agni Group

हजारौँको संख्यामा मानिसहरूलाई आइसोलेसनमा राख्न, कोभिड–१९को लक्षण देखिएकाहरूको उपचार गर्न र सम्पर्कमा आएकाहरूलाई क्वारेन्टाइनमा राख्न चीनले यो सुविधाको प्रयोग गरेको थियो । तर, व्यापक प्रदर्शनपछि चीनले गत डिसेम्बरमा शून्य कोभिड नीति त्यागेको थियो । 

चीनको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी)ले स्थानीय सरकारलाई यी क्वारेन्टाइन सेन्टरलाई अस्पताल र सघन उपचार सुविधाका रुपमा अपग्रेड गर्न आग्रह गरेको थियो । तर, स्थानीय सरकारहरूले अस्थायी आवासदेखि वृद्ध हेरचाह्र केन्द्रका रुपमा पनि प्रयोग गर्ने योजना रहेको बताएका छन् । 

Global bank

चीनको उत्तरी शानडोंग प्रान्तमा तीनवटा, गुआंग्डोंग प्रान्तमा दुईवटा र सीचुआन प्रान्तको एउटा क्वारेन्टाइन केन्द्र जस्ताकोतस्तै छ ।

चीनको गुआन्झाउमा ८० हजार मानिस अटाउने क्षमताको नान्सा स्वास्थ्य केन्द्र गत नोभेम्बरमा मात्रै बनेको थियो । चीनले अब यी क्वारेन्टाइनलाई कसरी प्रयोग गर्छ भन्ने जानकारी बाहिरिएको छैन ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार चीनमा कोभिड–१९ ले ज्यान गुमाउनको आधिकारिक संख्या एक लाख २० हजार ५७६ रहेको छ । तर, विश्लेषकहरूले यो संख्या १० लाखदेखि १५ लाखसम्म हुने भनेका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १२:१६
प्रतिक्रिया दिनुहोस्