site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बिमा कम्पनीले 'रिसर्च' र 'इनोभेसन'मा लगानी बढाउनु पर्छ : अध्यक्ष सिलवाल

काठमाडौं । नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा कम्पनीहरू मर्जरमा गएसँगै चुनौती बढेको बताएका छन् । अब पँुजी वृद्धि भएको भन्दै बिमा कम्पनीहरूले लगानीलाई पनि व्यवस्थित गर्नुपर्ने बताए ।

सानिमा र रिलायन्सबीचको एकीकृत कारोबारको शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले यस्तो बताएका हुन् । प्राधिकरणले अब बिमा कम्पनीहरूलाई लगानीका क्षेत्र छुट्याउने भन्दै उनले अब तयार भएर बस्नु पर्ने पनि बताए । त्यस्तै, दाबी भुक्तानीलाई छिटो छरितो बनाउन पनि निर्देशन दिए । 

“बिमा भनेको विश्वासमा चल्ने व्यवसाय हो । जबसम्म दाबी भुक्तानी सहज रूपमा हुँदैन, जनताले विश्वस गर्दैनन्,” उनले भने, “अब यस्ता कुरामा पनि बिमा कम्पनीले ध्यान दिनुपर्छ । एउटै प्रकृतिका धेरै संस्था हुनु हुँदैन भने हामीले व्यवस्थित गर्न यस्तो नीति लिएका हौँ ।”

त्यस्तै, अब बिमा गर्न नसक्नेको बिमा कम्पनीहरूले नै गरिदिने व्यवस्था गर्ने पनि उनले बताए । त्यसका लागि कम्पनीको सामाजिक उत्तरदायित्वअन्तर्गतको रकम खर्च गर्न सकिने पनि उनले जानकारी दिए ।

Global Ime bank

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले कम्पनी बढेसँगै गभर्नेन्स बढ्नुपर्ने बताए । विश्वमा सबै मर्जर सफल नभएको भन्दै चुनौतीको सामना गर्दै अगाडि बढ्नुपर्ने पनि उनले बताए । 

“मर्ज भएर पुँजी ठूलो भएर मात्र हुँदैन । मर्जरमा जानेबित्तिकै संस्था मजबुत हुन्छ भन्ने हुदैन । चुनौती धेरै हुन्छ,” उनले भने, “समयसापेक्ष व्यवसायलाई मोडिफाई गर्दै जानुपर्छ ।”

यी दुई कम्पनी मर्जर भएपछि सानिमा रिलायन्स इन्स्योरेन्सको नामबाट कारोबार भएको छ । यो कम्पनीको अध्यक्षमा ताराचन्द्र केडिया रहेका छन् । अध्यक्ष केडियाले दुई कम्पनी एक भएसँगै सेवा उत्कृष्टबाट सर्वोत्कृष्ट हुने बताए ।

यो कम्पनीको चुक्तापुँजी चार अर्ब १८ करोड ४० लाख पुगेको छ । जीवन बीमा कोषमा आठ अर्ब ३४ करोड रुपैयाँ जम्मा भएको बताइएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  २१:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu