site stats
अर्थ व्यवसाय
बिमा कम्पनीहरू मर्जरमा गएसँगै चुनौती बढ्यो : अध्यक्ष सिलवाल

काठमाडौं । नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा कम्पनीहरू मर्जरमा गएसँगै चुनौती बढेको बताएका छन् । अब पुँजी वृद्धि भएको भन्दै बिमा कम्पनीहरूले लगानीलाई पनि व्यवस्थित गर्नुपर्ने बताए ।

सानिमा र रिलायन्सबीचको एकीकृत कारोबारको शुभारम्भ कार्यक्रममा अध्यक्ष सिलवालले अब बिमा कम्पनीहरूलाई प्राधिकरणले लगानीका क्षेत्र छुट्याउन लागेकाले तयार भएर बस्न आग्रह गरे । 

त्यस्तै, दाबी भुक्तानीलाई छिटोछरितो बनाउन पनि उनले निर्देशन दिए ।

Himalayan Bank
Agni Group

“बिमा भनेको विश्वासमा चल्ने व्यवसाय हो । जबसम्म दाबी भुक्तानी सहज रूपमा हुँदैन, जनताले विश्वस गर्दैनन्,” उनले भने, “अब यस्ता कुरामा पनि बिमा कम्पनीले ध्यान दिनुपर्छ । एउटै प्रकृतिका धेरै संस्था हुनु हुँदैन भने हामीले व्यवस्थित गर्न यस्तो नीति लिएका हौँ ।”

त्यस्तै, अब बिमा गर्न नसक्नेको बिमा कम्पनीहरूले नै गरिदिने व्यवस्था गर्ने पर्ने उनले बताए । त्यसका लागि कम्पनीको सामाजिक उत्तरदायित्वअन्तर्गतको रकम खर्च गर्न सकिने पनि उनले जानकारी दिए ।

Global bank

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले कम्पनी बढेसँगै गभर्नेन्स बढ्नुपर्ने बताए । विश्वमा सबै मर्जर सफल नभएको भन्दै चुनौतीको सामना गर्दै अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।

“मर्ज भएर पुँजी ठूलो भएर मात्र हुँदैन । मर्जरमा जाने बित्तिकै संस्था बलियो हुन्छ भन्ने हुँदैन । चुनौती धेरै हुन्छ,” उनले भने, “समय सापेक्ष व्यवसायलाई मोडिफाई गर्दै जानुपर्छ ।”

यी दुई कम्पनी मर्जर भएपछि सानिमा रिलायन्स इन्स्योरेन्सको नामबाट कारोबार भएको छ । यो कम्पनीको अध्यक्षमा ताराचन्द्र केडिया रहेको छन् । अध्यक्ष केडियाले दुई कम्पनी एक भएसँगै सेवा उत्कृष्टबाट सर्वोत्कृष्ट हुने बताए ।

यो कम्पनीको चुक्तापुँजी चार अर्ब १८ करोड ४० लाख पुगेको छ । जीवन बिमा कोषमा आठ अर्ब ३४ करोड रुपैयाँ जम्मा भएको बताइएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  २१:२४
प्रतिक्रिया दिनुहोस्