site stats
अर्थ व्यवसाय
पोखराबाट नियमित रात्रिकालीन उडान गर्न नयाँ कार्यतालिका पर्खदै सौर्य एयरलाइन्स
फाइल तस्बिर ।

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलोपटक रात्रिकालीन उडान गरेको सौर्य एयरलाइन्स रात्रिकालीनका लागि नयाँ उडान कार्यतालिकाको प्रतिक्षामा छ । 

पहिलो पटक सौर्यले गत फागुन १७ गते पोखराबाट रात्रिकालीन उडान गरेको थियो । तर नयाँ उडान तालिका नआएका कारण स्थगित भएको थियो ।  

नेपाल नागरिक उड्डयन प्राधिकरणले आउँदो अप्रिल १ तारिखमा नयाँ उडान कार्यतालिका बनाउँदै छ । नयाँ उडान कार्यतालिका आएपछि पुनः नियमित रुपमा रात्रिकालीन उडान गर्ने एयरलाइन्सका प्रवक्ता मुकेस खनालले बताए ।

Himalayan Bank
Agni Group

पुरानो उडान तालिकाअनुसार सौर्यले दुई उडानको लागि स्वीकृत पाएको थियो । सोहीअुनसार सौर्यले अहिले पोखराबाट दुईवटा उडान गर्दै आएको छ । 

“हामीले पुरानो उडान तालिकामा पोखराको लागि दुईवटा उडान स्वीकृति पाएका छौँ । त्यहीँअनुसार बिहान र साँझमा उडान गरिरहेका छौँ,” सौर्य एयरलान्सका प्रवक्ता मुकेस खनानले भने, “अप्रिलबाट हामीलाई नयाँ उडान तालिका आउँछ । त्यही तालिकाअनुसार हामीले रात्रिकालीन उडान गछौँ ।”

Global bank

साथै, काठमाडौं– पोखराको उडान थप गर्न सौर्यले धनगढीको उडान तत्कालका लागि स्थगित गरेको प्रवक्ता खनालले जानकारी दिए ।

“हामीले पोखराको उडान थप गर्नको लागि धनगढीको उडान स्थगित गरेका छौँ । काठमाडौं–पोखरा ६ वटा उडान गर्ने हाम्रो उद्देश्य छ, ” खनालले भने । सौर्य एयरलाइन्सले अहिले काठमाडौं, पोखरा, भैरहवा भद्रपुर, विराटनगरमा उडान गर्दै आइरहेको छ ।

गत पुस १७ (जनवरी १) देखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल फेब्रुअरी २३ मा रात्रिकालीन उडानका लागि तयार भएको थियो ।

फागुन ११ (फेब्रुअरी २३) मा रात्रिकालीन उडानका लागि उपकरणमा आधारित इन्स्टुमेन्ट फ्लाइट रुल्स (आईएफआर) प्रविधि तयार भएको थियो । त्यसपछि पहिलो पटक सौर्य एयरलाइन्सले पोखराबाट रात्रिकालीन उडान गरेको थियो ।
 

प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  १३:२४
प्रतिक्रिया दिनुहोस्