site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उपनिर्वाचन : सीकेले थाले बारा–२ मा चुनावी अभियान 
Tiktok banner adTiktok banner ad

काठमाडौं । जनमत पार्टीले बारा क्षेत्र नम्बर–२ मा उपनिर्वाचनको तयारी थालेको छ । 

पार्टीका अध्यक्ष डा. सीके राउतले आज वीरगञ्जस्थित गढीमाईको दर्शनपछि 'मिसन बारा–२' को शुभारम्भ गरेका हुन् । 

उनले समाजिक सञ्जालमार्फत बारा क्षेत्र नम्बर–२ मा बाहिरी अर्थात् फिरंगी उमेदवारको सम्भावना नरहेको भन्दै आफ्नो पार्टीले जित्ने दाबी गरेका छन् । 

जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि बारा–२ मा वैशाख १० गते उपनिर्वाचन हुँदै छ । 

उक्त क्षेत्रमा जसपाका अध्यक्ष उपेन्द्र यादव चुनाव लड्ने तयारीमा छन् । जसपाले गठबन्धनले उक्त क्षेत्रमा आफ्नो उमेदवारलाई सघाउनुपर्ने दाबी थालेको छ । गठबन्धनमै रहेको दल जनमतले त्यहाँ आफ्ना उमेदवार उठाउने गरी तयारी थालेको हो ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  ११:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro